पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशालामा लगायाे ताला
- गाउँ सहर संवाददाता
- २५ चैत शुक्रबार, २०७८ | १६:१०:०० मा प्रकाशित
काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले नेपाल भारत मैत्री धर्मशालामा ताला लगाएको छ । बतास समूहले छोड्न नमानेपछि कोषले शुक्रबार गएर धर्मशालामा ताला लगाएको हो । धर्मशालाका दुई वटा मुख्य गेटमा ताला लगाइएको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
‘सदस्यसचिव, कार्यकारी निर्देशकसहितका पदाधिकारी गएर धर्मशाला छोड्न अनुरोध गरे पनि बतास समूहले अटेर गरेपछि ताला लगाइएको हो,’ सुवेदीले बताए । कोषले ताला लगाउँदा बतास समूहका कर्मचारी धर्मशालाभित्रै थिए ।
‘उनीहरूलाई बाहिर-भित्र गर्ने ढोकाहरू खुल्लै छन्, धर्मशालाका सामान हराउन सक्छन्, तिनलाई सुरक्षित राख्नका लागि मूल गेटमा ताला लगाइएको हो,’ सुवेदीले भने ।
धर्मशालामा बतास समूहका कसैलाई पनि थुनेको कुरा सत्य नभएको उनले जनाए । उनीहरू सहजै रूपमा ढोकाबाट भित्र-बाहिर गर्न सक्ने उनले बताए । चैत १४ गते बतास समूहसँगको सम्झौता भंग गर्दै कोषले धर्मशाला छोड्न भन्दै आएको थियो । ‘लामो समयसम्म छोड्न मान्नुभएको छैन,’ सुवेदीले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस