काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । ढकालविरुद्ध एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ बराबरको बिगो दाबीसहित सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।
कोषको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ढकालमाथि आरोप छ । सार्वजनिक पद धारण गरेका ढकालले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक देखिएको अख्तियारको जिकिर छ ।
अख्तियारले २०७४ साउन ३२ गतेदेखि २०७९ जेठ ३० गतेसम्म आर्जन गरेको सम्पत्ति माथि जाँच गर्दा उक्त रकम गैरकानुनी रहेको खुलेको हो।
अख्तियारले बिगो रकम र जरिवाना गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस