पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा थापा नियुक्त, मन्दिर खोल्ने तयारी
- गाउँ सहर संवाददाता
- १८ भदौ शुक्रबार, २०७८ | १५:३४:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलन कुमार थापा नियुक्त भएका छन् ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको गोदावरी–१ का थापालाई पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
थापालाई प्रधानमन्त्रीस्तरीय निर्णयाअनुसार पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८.२.१३ बमोजिमको सदस्य सचिवमा नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्रालयका सहचिव तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
थापाको कार्यकाल चार वर्षको हुनेछ । थापाले हिन्दू धर्मको शिव तान्त्रिकमा विद्यावारिधी गरेका छन् । थापाले यसअघि पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष भएर काम गरिसकेका छन् ।
पशुपतिनाथ मन्दिर खोल्ने तयारी
पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।
मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाण्डाैसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गएकाे वैशाख पहिलो हप्तादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवम् गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो ।
कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका (तीज) को अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । कोषको आज शुक्रवार बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने पनि उनले बताए ।
पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन् । पशुपतिसँगै यी मन्दिर पनि खुला गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । यस पटक पाँच महिनापछि पशुपतिनाथलगायत यस क्षेत्रका मन्दिर भक्तजनका लागि खुला गर्न लागिएको हो ।
भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको उनले सुनाए । मन्दिर खुला गरिएपछि पशुपति क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । भक्तजनलाई स्यानिटाइजरको पनि व्यवस्था गरिनेछ । दुरी कायम गरी भक्तजनलाई मूल मन्दिरभित्र प्रवेश गराउने तयारी गरिएको छ ।
विसं २०७६ चैतमा कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । दश महिनापछि २०७७ पुस १ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो । सुरुमा दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिएको थियो । बिहान ६ः०० देखि दिउँसाे २ः०० बजेसम्ममात्र मन्दिर भक्तजनका लागि खुला गरिएको थियो ।
भक्तजनका लागि मन्दिर खुला गरिए पनि विदेशी पर्यटकका लागि भने पशुपति क्षेत्र विसं २०७६ चैतदेखि नै बन्द गरिएको छ । पशुपति क्षेत्रका सबै टिकट काउन्टर पनि त्यसै बेलादेखि बन्द छन् । पर्यटकको टिकटबाट कोषलाई प्राप्त हुने करोडौँ रुपैयाँ उठ्न छाडेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
प्रतिकृया दिनुहोस