विश्व

बलिउड अभिनेत्री सोनाक्षीले भनिन्, ‘मेरो सपना पूरा भयो’

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो सपना पूरा भएको बताएकी छन् । उनले बान्द्रा रिक्लामेशन क्षेत्रमा आलिशान अपार्टमेन्ट किनेपछि यस्तो बताएकी हुन् । उक्त क्षेत्र मुम्बईको सबैभन्दा नजिकमा पर्छ । उनले पिंकभिलासँगको कुराकानीका क्रममा यस बारेमा जानकारी दिएकी हुन्।

उनले भनिन्, ‘जहिलेदेखि मैले काम सुरु गरेकी थिए, मेरो सपना थियो की म ३० वर्षको हुनु भन्दा अगाडि नै आफ्नै मेहनतमा घर किनौँ । हो केही वर्ष ढिला भयो तर मैले किन्न सकेँ।’

सोनाक्षी अहिले आफ्नो आमाबाबा पुनम र शत्रुघन सिन्हासँग उनीहरुको जुहुमा भएको घरमा बस्दै आएकी छन् ।

उनको योजना अगाडि पनि यही घरमा बस्ने छ। उनले भनिन्, ‘मलाई मेरो बाबा आमाको साथमा रहेर बस्न राम्रो लाग्छ। अहिले नै म घर छोड्ने योजनामा छैन। यो घर किन्नु भनेको मेरो सपना पूरा गर्नु मात्रै हो र एउटा राम्रो लगानी मात्रै हो।’

पछिल्लो समय सोनाक्षी सिन्हा सलमान खानसँग चलचित्र दबंग ३ मा देखिएकी छन्। पछिल्लो समय अजय देवगणसँग मल्टी स्टारर चलचित्र ‘भुजःद प्राइड अफ इन्डिया’ मा काम गरिरहेकी छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत