डिशहोमको सिनेमाघरमा बलिउड चलचित्र “खाली पीली” हेर्न सकिने
- गाउँ सहर संवाददाता
- १६ असोज शुक्रबार, २०७७ | १४:५८:०० मा प्रकाशित
काठमाडाैं । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ । असोज १६ गते रिलिज हुने चलचित्र “खाली पीलीर्” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् । ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर अन्तराष्टि्रय चलचित्रहरु रिलिज गर्ने उदेश्यले डिशहोमले सिनेमाघर ईन्टरनेशनल ९९९ संचालनमा ल्याएकोे हो ।
विश्वको विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यू सेवा नेपालमा नै पहिलो पटक डिशहोमले संचालन गरिरहेको छ । डिशहोमले पे पर भ्यू सेवा मार्फत न्युनतम मुल्यमा परिवार संग घरमा नै बसेर नयाँ नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नं. १०८ ,८८८ र ५५५ यस अघिनै सफलताका साथ संचालन गरिरहेको छ ।
दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा चलचित्र “खाली पीली” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फि्र नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा MOD999 आफ्नो CAS ID अनि हेर्न चाहेको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
- उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
- साताकाे पहिलाे दिन नेप्सेमा २४.५८ अंकको गिरावट
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
प्रतिकृया दिनुहोस