कला

धुम–४ मा  मुख्य भिलेन दीपिका पादुकोण

एजेन्सी । धुम फिल्म बलिउडमा चर्चित फिल्म हो । सन् २००४ मा सुरु भएको यो फिल्मको सीरीजले बक्स अफिसमा थुप्रै रेकर्ड तोडिसकेको छ । 

धुम, धुम २, धुम ३ पछि धुम ४ को खबरले चर्चा कमाइरहेको छ । फिल्ममा उदय चोपडा र अभिषेक बच्चनको भूमिका सधैँ रहने गर्छ । तर भिलेन को बन्दैछ ? भन्ने विषय चाहिँ सबैलाई चासो हुने गर्दछ । 

यसको भिलेनको भूमिकामा शाहरुख खान र रणवीर सिंह जस्ता नामहरु चर्चामा आएको थियो तर भारतीय एक  न्यूज पोर्टलका अनुसार अब यस भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई लिइएको छ । 

धुम –४ का लागि मेगा बजेट फिल्ममा दीपिका पादूकोण महिला भिलेनको रुपमा लिइने भएको छ । दीपिका उक्त फिल्ममा एक स्टाइलिश चोरको रुपमा देखिने भएकी छिन् ।

धुमको पहिलो सीरिज सन् २००४ मा रिलीज भएको थियो । जसमा भिलेनको भूमिकामा जोन अब्राहम थिए । त्यसपछि दुई वर्षपछि धुम २ आएको थियो । जसमा ऋतिक रोशनलाई र ऐश्वर्या रायलाई कास्ट गरिएको थियो । जसको अर्को सीरिज धुम ३ लामो समयपछि आयो । जसमा आमिर खानले धुम मच्चाएका थिए ।

गाउँ सहर डेस्क

तपाईँको मत