कला

अस्ताए बलिउड अभिनेता राजिव कपुर

एजेन्सी । बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ । मंगलबार हृदयघात भएपछि ५८ वर्षीय कपुरको निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनी कलाकार तथा निर्माता राज कपुरका कान्छो छोरा हुन् । उनी ऋषि कपुर र रंधिर कपुरका भाइ हुन् ।

ऋषि कपुरकी श्रीमती तथा अभिनेत्री नितु कपुरले इन्स्टाग्राममा फोटो राखेर राजिव कपुरको मृत्युको जानकारी गरेकी थिइन् ।

‍राजिव कपुरले ‘राम तेरी गंगा मैली’ नामक हिट सिनेमामा अभिनय गरेका छन् ।

राजिवले सन् १९८३ मा एक जान है हम सिनेमाबाट बलिउडमा प्रवेश गरेका थिए। उनले सन् १९८४ मा आश्वान, १९८५ लभर ब्वोइ, १९८५ मा जबर्दस्तमा अभिनय गरेका छन् ।

उनका सिनेमाहरू खासै चर्चित नभएपछि सन् १९८५ को राम तेरी गंगा मैलीले भने चर्चा कमाएको थियो।

 

गाउँ सहर डेस्क

तपाईँको मत