विश्व

बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण

  • एजेन्सी
  • १४ बैशाख मंगलबार, २०७८ | १६:३६:०० मा प्रकाशित

काठमाडाैं । बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण भएको छ । उनी अहिले होम क्वारेन्टाइनमा छन् । 

दुई दिन अघि मात्र मिथुनमाथि कोभिड प्रोटोकल तोडेको आरोप लागेको थियो । तृणमूल काँग्रेसका नेता सौगता रोयले बीजेपी नेता दिलीप घोष र मिथुन चक्रवर्ती कोभिड नियम उल्लंघन गर्दै ५ सय बढी मानिसहरुलाई भेला पारेर मिटिङ गरेको दाबी गरेका थिए ।

यो विषयमा उनले चुनाव आयोगमा उजुरी दिँदै उचित कारवाहीको माग गरेका थिए ।

दैनिक भास्करका अनुसार ७० वर्षका मिथुनले आफ्नो करियरमा ३ सय ५० बढी फिल्ममा अभिनय गरेका छन् । जसमा हिन्दी, बंगाली, उडिया, भोजपुरी, तमिल, तेलुगु, कन्नड र पञ्जाबी भाषाका छन् ।

एजेन्सी

तपाईँको मत