गाउँ सहर

जनगणनाको लागि ४८ हजार कर्मचारी करारमा भर्ना गर्दै तथ्यांक विभाग

काठमाडौँ । जनगणनाको लागि  तथ्यांक विभागले  करारमा ४८ हजार कर्मचारी भर्ना गर्ने भएको छ । सरकारले १२ औं राष्ट्रिय जनगणनाको लागि ४८ हजार कर्मचारी भर्ना गर्ने भएको हो । जनगणनामा खटिने गणक र सुपरिवेक्षेक करारमा भर्ना गर्न लागेको हो । केन्द्रीय तथ्यांक विभागले आइतबार विभागमा एक कार्यक्रमको आयोजना गरेर जनगणनाको लागि गणक र सुपरिवेक्षक भर्ना गर्न लागेको जानकारी दिएको हो । 

यो पटक कोभिडका कारण धेरै मानिस बेरोजगार भएको हुँदा शिक्षकहरूलाई सहभागी नगराइ स्वतन्त्र रुपमा लिन लागिएको विभागले जनाएको छ । ‘जनगणनामा खटिने गणकका लागि १ महिना र सुपरिवेक्षेको लागि २ महिनाका लागि करारमा कर्मचारी भर्ना गर्न लागिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताएका छन् । 

विभागले २ महिनाको समय दिएर कर्मचारी भर्ना खुलाएको हो । २०७७ माघ ११ देखि चैत ११ गतेसम्म  इच्छुक व्यक्तिले संस्थाको वेवसाइटमा गएर स्मार्ट मोबाइल फोनबाट फारम भर्न सक्ने व्यवस्था मिलाएको छ । 

यसका साथै स्मार्ट फोन नहुने इच्छुक व्यक्तिहरुले स्थानीय तहमा गएर जनगणनको लागि दरखास्त राख्न आग्रह गरेको छ । हरेक १०—१० वर्षमा हुने उक्त जनगणनामा खटिने गणकहरूले जनगणना हुने १५ दिनमा औसतमा १५० घरपरिवारको गणना गर्नुपर्ने छ ।

जनगणनालाई चुनावले कुनै असर नपार्ने राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले बताएका छन् । ‘सुपरिवेक्षकको तालिम त्यहि बेलामा पर्ने भएपनि यसलाई मिलाएर लैजान सकिन्छ,’ । उनले भने

तालिमका लागि तथ्यांक विभाग आइरहनु पर्दैन । जनगणनाका लागि स्थानीय तहमा खुलेका कार्यालयमा तालिम दिने हो । चुनाव भएकाले म्यादी प्रहरीमा भर्ना हुन चाहने व्यक्तिले समेत गणक तथा सुपरिवेक्षकमा दरखास्त दिन सक्नेछन् । 

निर्देशक लामिछाने भने ‘अन्य काम भइरहेको छ । हामी प्रश्नावली छाप्ने तयारीमा छौं ।’ जनगणनामा प्रयोग हुने अन्य सामग्रीको पनि व्यवस्था हुँदैछ ।’

गाउँ सहर डेस्क

तपाईँको मत