गाउँ सहर

प्रधानमन्त्रीले सचिवालयका पाँच जना उपसचिवसहित १३ जना कर्मचारीकाे गरे कटाैती

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वकीय सचिवालयमा कार्यरत १३ जना कर्मचारी हटाएका छन् । यही १ माघबाट लागू हुने गरी ती कर्मचारीलाई हटाइएको हो । यसरी हटाइनेमा एक जना सहसचिव नारायणप्रसाद ढुंगाना पनि छन् भने दुई जना ड्राइभर रहेका छन् । 

सचिवालय ठूलो भएको भन्दै यसअघि नै कर्मचारी हटाउने तयारी भइरहेको थियो । सचिवालयबाट पाँच जना उपसचिव, एक जना शाखा अधिकृत र पाँच जना सहायकस्तरका कर्मचारी हटाइएको छ ।

प्रधानमन्त्रीले आफ्नो कार्यकाल एक वर्ष पुगेको दिन कार्यशैली सुधारदेखि सचिवालयलाई पनि चुस्त बनाउने घोषणा गरेका थिए । सो घोषणापछि प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत