गाउँ सहर

बैंकका कर्मचारी पक्राउप्रति बैंकर ज्ञवालीकाे असन्तुष्टी

काठमाडाैं । बैंकर मनाेज ज्ञवालीले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका प्रभु बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जना कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले पक्राउ गरेको घटनाप्रति असन्तुष्टी जनाएका छन् । 

ज्ञवालीले सामाजिक सञ्जालमार्फत कुनै बैंकले प्रवाह गरेको कर्जा ख़राब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिंग कसुर लगाउने अनि RM देखि सीईओ/बोर्ड सम्मलाई हथकड़ी लगाउने हो भने छ महिना मात्र कर्पोरेट/इन्फ्रा मा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर नहुने उल्लेख गरेका छन् ।

उनकाे लेखेकाे कुरा जस्ताकाे तस्तै 

समाचारहरुमा देखे पढे अनुसार असुल्नु पर्ने ऋण भन्दा धितो कम भएकाले क़र्ज़ा दुरुपयोग अभियोगमा ११ जना बैंकरलाई सीआईबी ले समात्यो रे!!

कुनै बैंकले प्रवाह गरेको कर्जा ख़राब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिंग कसुर लगाउने अनि RM देखि सीईओ/बोर्ड सम्मलाई हथकड़ी लगाउने हो भने छ महिना मात्र कर्पोरेट/इन्फ्रा मा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर हुदैनन । जसलाई मन लाग्छ, एक हप्ता फ़ाईल खोजेर टप्प टिपेर जेल हाले हुन्छ। कर्जा प्रवाह गर्दा व्याक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेईमानी गर्ने बैंकरलाई नागरिकको पैसामा बदमासी गरेको अपराध मा हदैसम्मको कारबाही हुनुपर्दछ तर सामान्य बैकिंग अभ्यास सम्म नबुझि कुनै पेशाकर्मीलाई दुःख दीनु ग़लत हो। रिसिवी साध्न, दुःख दिने नियतले गरिएको कर्म हो वा बैकिंग नबुझि गरेको काम हो भने म खेद प्रकट गर्छु । जहांसम्म तुलसीराम गौतम जस्ता बैंकरले बदमासी गरेको चार्ज बैकिंग सेक्टरलाई पत्याउन मुस्किल छ। अरु बैकरहरु को बारेमा म जानकार हुन सकिन तर मनोज, दिपेश र राजेश ले घुस खाए, बेईमानी गरे भनेर पत्याउन म सक्दिन । यस पुर्व BOK का सीईओ लाई यसै दुःख दिईयो । बदमासी छैन भने साथीहरुले उन्मुक्ति पाउछन नै तर यसका लागी पनि सेटिंग कति मिलाउनु पर्ने हो? उनीहरुले भोगेको मानसिक तनाव को क्षतिपूर्ति कसरी हुन्छ? के बैकहरुले अब रियलेस्टेट र घर कर्जा वा मार्जिन लैण्डिंग मात्र गर्ने हो? धेरै प्रश्न आईरहे ।

नोट: घर कर्जा, व्याक्तिगत कर्जा, रियलस्टेट कर्जा प्रवाह गर्दा घर जग्गा धितो मूल्यांकन गराई धितो को ५०% देखि ७०% सम्म दिन मिल्दछ तर व्यावसायिक कर्जा/ कर्पोरेट कर्जा/ इन्फ़्रास्ट्रक्चर कर्जा प्रवाह गर्दा Stock, Receivale र परियोजनको लागतको आधारमा प्रवाह गर्न मिल्दछ, यस्तो कर्जामा धितो भनेको उक्त परियोजना , स्टॉक र receivable मात्रै पनि हुन सक्दछ । संसारभरको बैंकिंग प्राक्टिस यही हो ।

सेन्चरी बैंकका तत्कालीन सीईओ एवम् प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित पक्राउ घटना तत्कालीन सेन्चुरी कर्मसियल बैंकसित सम्बन्धित छ । 

सामान्यतया बैंक तथा वित्तीय संस्थाले धितो मूल्यांकनको ४० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाउँछन् । तर सेञ्चुरी बैंक (हाल प्रभुमा गाभिएको) ले भने १ अर्ब बराबरको धितो राखेर २ अर्ब ११ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । यति ठूलो रकम प्रवाह भएको ऋणमा आधा मूल्यको सम्पत्ति पनि धितो छैन ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) स्रोतले न्युन रकम धितो राखेर सेन्चुरीले अत्यधिक रकम प्रवाह गरेको जनाएको छ । त्यतिबेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज न्यौपाने थिए ।

तर, बैंकका पुर्वप्रमुख कार्यकारी कार्यकारी अधिकृतदेखि बहालवाला बैंकर्सलाई समेत पक्राउ गर्नुले भने ऋण प्रवाहमा अनियमितताको श्रृंखला लामै रहेको अनुमान गर्न सकिन्छ । सिआईबीले बहालवाला ५ सहित ११ जनालाई पक्राउ गरेको छ ।

उसो त कमसल धितोमा ऋण प्रवाह गरेका पुर्वबैंकरदेखि बहालवाला बैकर्ससमेत पक्राउ पर्नुमा सहकारीको अनुसन्धानलाई पनि कारण मानिएको छ । जानकारहरु सहकारीको अनुसन्धानले बैंक हल्लिएको बताउँछन् । यस्तै अनुसन्धानले अन्य बैंकहरु पनि कमसल तथा न्युन धितो राखेर ऋण प्रवाह गरेको केसमा तानिन सक्ने सम्भावना औंल्याइएको छ ।

स्रोतका अनुसार सहकारीको अनुगमनकै क्रममा देउरालीमा अत्यधिक ऋण प्रवाह भएको पाइएपछि केन्द्रीय बैंकले सिईआबीलाई अनुरोध गरेर थप अनुसन्धानका लागि आग्रह गरेको हो ।

साविकको सेञ्चुरी कमर्सियल बैंकले रवीन्द्र चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीलाई २ अर्ब २५ करोड रुपैयाँ ऋण दिएको थियो । त्यो ऋण पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि र चौंलागाई स्वयम्का नाममा लिएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत