स्वास्थ्य
नयाँ स्वरूपकाे काेराेनाभाइरस कति खतरनाक ? नयाँ अध्ययन के भन्छ ?
- एजेन्सी
- १० माघ शनिबार, २०७७ | १७:२५:०० मा प्रकाशित

बेलायतमा पहिलो पटक देखिएर विश्वका विभिन्न भागमा फैलिएको कोरोनाभाइरसको रुपान्तरित स्वरुप झनै खतरानाक रहेको प्रारम्भिक प्रमाणहरुले देखाएका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रमाणहरुले नयाँ प्रकारको कोरोनाभाइरस थप घातक देखाएको बताएका हुन् । तर यसमा थप अनुसन्धानको खाँचो रहेको र खतराको तह स्पष्ट हुन बाँकी रहेको वैज्ञानिकहरुले बताएका छन् ।
विकास भएका खोपहरुले नयाँ प्रकारको कोरोनाभाइरसविरुद्ध पनि काम गर्ने देखिएको अध्ययनले भनेको छ । रुपान्तरित स्वरुपकाे कोरोनाभाइरस तीव्र गतिमा फैलिने खालको छ ।
पछिल्लो अध्ययनले तीव्र गतिमा संक्रमण फैलिनेसँगै नयाँ प्रकारको भाइरसका कारण हुने मृत्युदर पनि अधिक हुन सक्ने देखिएको प्रधानमन्त्री जोन्सनले बताएका हुन् ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
प्रतिकृया दिनुहोस