विश्व
६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७२ पुग्याे
- एजेन्सी
- १७ असोज शुक्रबार, २०८२ | ०७:०८:०० मा प्रकाशित
मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मंगलबार आएको ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ।
नेसनल डिजास्टर रिस्क रिडक्सन एण्ड म्यानेजमेन्ट काउन्सिलले बिहीबार मध्य विसाया क्षेत्रमा उनीहरुको मृत्यु भएको र भूकम्पमा कम्तीमा २९४ जना घाइते भएको जनाएको छ।
मध्य बिसायाका ५३ वटा गाउँमा बसोबास गर्ने ४७ हजार २२१ परिवारहरूको भूकम्पको कारण प्रभावित भएको जनाइएको छ। राष्ट्रिय विपद् व्यवस्थापन आयोगले अझै पूर्वाधार र कृषिमा भएको क्षतिको परिमाण निर्धारण गर्न बाँकी रहेको जनाएको छ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- मध्यपूर्व युद्ध, संयुक्त राष्ट्रसङ्घ स्तब्ध
- इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा - ट्रम्प
- तीन सन्तान जन्माउने आमाबाबुलाई १५०० डलर
- मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
प्रतिकृया दिनुहोस