इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा - ट्रम्प
- एजेन्सी
- २३ असोज बिहीबार, २०८२ | ०७:४३:०० मा प्रकाशित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बन्दीहरू छिट्टै मुक्त हुने दाबी समेत गरेका छन् । इजरायलले सम्झौता भएको सीमासम्म सेना फिर्ता गर्ने ट्रम्पले जनाएका छन् ।
यसबीच युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै हमासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरेललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको छ।
इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसलाई ‘इजरायलको महान दिन’ भनेका छन् र हमासद्वारा बन्धक बनाइएकाहरू छिट्टै रिहा हुने आशा गरेका छन्। बिहीवार बस्ने इजरायली मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरेपछि इजरायलले यसको कार्यान्वयन सुरु गर्नेछ।
ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले छिट्टै मध्यपूर्वको भ्रमण गर्ने तयारी छ । तर ट्रम्पले मध्यपूर्वको भ्रमण कहिले गर्ने भन्ने स्पष्ट भएको छैन । इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताहरूले हमास प्रतिनिधिमण्डलसँग सात घण्टा लामो वार्ता सम्पन्न गरेका छन् र अब इजरायली प्रतिनिधिमण्डलसँग अन्तिम सहमतिका लागि वार्ता हुने जनाइएको छ ।
अमेरिकासँगै इजिप्ट र कतारका वार्ताकारहरू गाजामा युद्धविराम र इजरायली बन्दीहरूको मुक्तिका लागि सहमति खोज्ने प्रयासमा रहेका छन् । दुई वर्षअघि सन २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा झन्डै एक हजार दुई सयको ज्यान थियो भने दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो ।
त्यसपछि इजरायलले गाजामा आक्रमण तीव्र पारेको हो । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ६७ हजार एक सय ८३ जनाको ज्यान गएको छ, जसमा २० हजार एक सय ७९ बालबालिका पनि छन् ।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजलाई बताएअनुसार इजरेली मन्त्रिपरिषद्ले सम्झौता अनुमोदन गरेको २४ घण्टामा उसका सेनाहरू गाजाबाट फिर्ता हुन सक्ने छन् भने त्यसको ७२ घण्टाभित्र इजरेली बन्धकहरूको रिहाइ सुरु हुने सम्भावना छ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- मध्यपूर्व युद्ध, संयुक्त राष्ट्रसङ्घ स्तब्ध
- ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७२ पुग्याे
- तीन सन्तान जन्माउने आमाबाबुलाई १५०० डलर
- मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
प्रतिकृया दिनुहोस