विश्व
© africanews AP Photo/Copyright 2022
मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु
- एजेन्सी
- १६ जेठ शुक्रबार, २०८२ | २१:५६:०० मा प्रकाशित
नाइजेरिया । मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्थापन एजेन्सी (एनएसईएमए) का प्रमुख अबुलाही बाबाआराले धेरै घण्टासम्म वर्षा जारी रहेको बताए ।
उनले भने, ‘बढ्दो बाढीको पानीका कारण ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएका छन् ।’ एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ ।
नाइजेरियाले सन् २०२२ मा पनि ठूलो बाढीको सामना गर्नुपरेको थियो । त्यतिबेला लगभग १३ लाख मानिसहरू आफ्नो घर छोड्न बाध्य भए र ६०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- मध्यपूर्व युद्ध, संयुक्त राष्ट्रसङ्घ स्तब्ध
- इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा - ट्रम्प
- ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७२ पुग्याे
- तीन सन्तान जन्माउने आमाबाबुलाई १५०० डलर
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
प्रतिकृया दिनुहोस