देशमा संक्रमण दर १७.८ प्रतिशत घटेन, काेराेनाकाे नयाँ भेरिअन्ट कति खतरनाक, हाम्राे तयारी कस्ताे छ ?
- गाउँ सहर डेस्क
- ११ मङ्सिर शनिबार, २०७८ | ०९:४१:०० मा प्रकाशित

काठमाडाैँ । काेराेना खाेपकाे व्यापकता र स्वास्थ्य क्षेत्रमा सुधारका कारण पछिल्लाे समय विश्वमा काेराेनाकाे अवस्थामा सुधार आएपनि काेराेनाका नयाँ भेरिअन्टले सबैलाई पुनः अत्याएकाे छ । नेपालमा पनि तीनसय कम संक्रमण घटेकाे छैन ।
राजनीतिक दलका अधिवेशन, सबै खुला हुँदा सावधानीमा कमीलगायतले संक्रमणकाे अवस्था झनै ह्वात्तै बढ्नसक्ने स्वास्थ्य विद्हरूले बताइरहँदा नयाँ भेरिअन्टकाे आगमनले थप चिन्ता थपिदिएकाे छ ।
महामारीकाे पीडाबाट भर्खर तङ्ग्रन लागेकाे अर्थतन्त्रले कसरी थेग्न सक्ला भन्ने चासाे बढाइदिएकाे छ ।
उता दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।
बी.१.१.५२९ वंश संख्या मानेको यस भेरिएन्टमा धेरै संख्यामा उत्परिवर्तनहरू रहेको अधिकारीहरूले बताएका छन् । दक्षिण अफ्रिकाबाट आएका यात्रुमाझ बोत्स्वाना र हङकङमा पनि यो पत्ता लागेको हाे ।
गत वर्ष दक्षिण अफ्रिकामा यो भाइरसको ‘बीटा’ भेरिएन्ट भेटिएको थियो यद्यपि अहिलेसम्म यहाँ संक्रमितहरूमा डेल्टा भेरिएन्ट नै बढी पाइएको थियो । डेल्टा भेरिएन्ट सुरुमा भारतमा पत्ता लागेको थियो ।
अफ्रिका महादेशभरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको संख्या दक्षिण अफ्रिकामा छ, जहाँ लगभग २९ लाख ५० हजार सङ्क्रमित पुगेका छन् र त्यसमध्ये ८९ हजार ६५७ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले बताएकाे छ ।
यस्तै अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरिअन्टका कारण यूकेले छ देशसँगको हवाई उडान निलम्बन गरेको छ ।
यूकेका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिने र त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने बताएका छन् ।
सो भेरिअन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी ५९ जनामा मात्रै पुष्टि भएको छ ।
यता नेपालमा शुक्रबार देशभर २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३०२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ७२२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार २८७ जना सक्रिय सङ्क्रमित रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५१८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।
अवस्था सुध्रँदापनि संक्रमणकाे दर १७.८ घटेकाे छैन, यसकारण नयाँ भेरिअन्ट त्यसमाथि झनै खतरनाक भनिएकाे सन्दर्भमा सावधानी झनै अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
- बालबालिकालाई के सिकाउने, के नसिकाउने
- खासमा तीज के हो, किन मनाइन्छ ? कसरी सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता
- किन पूजिन्छ श्रीकृष्ण, उनको जीवनबाट मानवजातीले के सिक्ने ?
- के जीवन यति जटिल हुनुपर्ने हो? कसरी सहज बनाउने ?
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
प्रतिकृया दिनुहोस