विश्व

मध्यपूर्व युद्ध, संयुक्त राष्ट्रसङ्घ स्तब्ध

  • एजेन्सी
  • १९ फाल्गुण मंगलबार, २०८२ | १९:३५:०० मा प्रकाशित

जेनेभा । मध्यपूर्वमा तीव्र बन्दै गएको युद्धका कारण सर्वसाधारणमाथि परेको गम्भीर मानवीय असरप्रति संयुक्त राष्ट्रसङ्घले गहिरो चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मङ्गलबार जारी सन्देशमार्फत क्षेत्रभरि फैलिएको डर, आतङ्क र अनिश्चितताले लाखौँ मानिसको जीवन असुरक्षित बनाएको बताए ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनका प्रवक्ता रविना शामदासानीले उच्चायुक्त टर्क ‘गहिरो स्तब्ध’ भएको जानकारी दिइन् । उनले मध्यपूर्व मात्र नभई बाहिरका देशमा समेत यस द्वन्द्वले सिर्जना गरेको मानसिक त्रास र अस्थिरता स्पष्ट देखिएको उल्लेख गरिन् । “लाखौँ मानिसले भोगिरहेको डर, आतङ्क र चिन्ता स्पष्ट छ-र यो अवस्था पूर्णरूपमा टार्न सकिने थियो”, उनले भनिन् ।

एजेन्सी

तपाईँको मत