अर्थतन्त्र

१० कम्पनीको सेयर मूल्यमा बृद्धि, ६ अर्ब ३७ करोडको कारोबार

काठमाडौँ । आज आइतबार साप्ताहिक कारोबारको पहिलो दिन नेप्से उकालो लागेको छ । नेप्से कारोबारको प्रारम्भदेखिनै उकालो लाग्दा केहि कम्पनीको सेयर मूल्यमा बृद्धि भएको छ ।

आज  नेप्सेमा ४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढिले बृद्धि भएको नेप्सेले जनाएको छ ।

आज नेप्से २८.४६ अंकले बढेर दुई हजार तीन सय १५ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आज ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी कर्पोरेट विकास बैंक,आरम्भ चौतारी लघुबित्त, प्रभु लाइफ इन्स्योरेन्स,किसान लघुबित्त,कामना सेवा विकास बैंक,हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट,सम्बृद्धी फाइनान्स र मन्जु श्री फाइनान्स कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत