खेल

नेयमार फुटबलबाट सन्यास लिनेबारे सोच्न बाध्य

एजेन्सी । नेयमारले आफूले कुनै समय फुटबलबाट सन्यास लिनेबारे सोचेको खुलासा गरेका छन् । ब्राजिलियन खेलाडी विश्व फुटबलका एक विवादास्पद पात्रका रुपमा चिनिन्छन् । २८ वर्षीय खेलाडी सन् २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन आउँदा विश्वकै सबैभन्दा महँगो खेलाडी  थिए ।

तर, पीएसजीका फरवार्डमाथि पछिल्लो केही वर्ष खेलमा अनावश्यकरुपमा डाइभ गर्ने गरेको आरोप लाग्दै आएको छ । यसैका लागि उनको व्यापक आलोचना  हुने गरेको छ ।

यही आलोचनाको नेयमारमाथि ठूलो प्रभाव परेको र उनले फुटबल खेल्नै छाड्ने बारे बताएका छन् । गाफेरसँग कुराकानी गर्दै उनले भने, ‘फुटबलप्रति मेरो लगाव कहिले कम हुँदैन तर त्यस्ता समय पनि आए जब मैले फुटबल नै खेल्न छाड्नेबारेमा पनि सोचेको थिए । एक विन्दुमा आएर म सोच्थे, यदि उनीहरुलाई मन पर्दैन भने म किन खेलिराख्ने ’

‘म त्रुद्ध भएर घर पुग्थे र यहाँसम्म आइपुग्नका लागि मैले गरेको मिहिनेतको बारेमा सोच्थे । फुटबल प्रतिको प्रेम र मेरो संर्घषले मलाई शान्त बनाउँथ्यो र पुनः वास्तविकतामा फर्कन्थे । मैले कहिले दबाब महसुस गरिनँ । ब्राजिलको टोलीको १० नम्बर खेलाडी बन्न, पीएसजीको १० नम्बर बन्न र नेयमार बन्न । म बहादुर व्यक्ति हुँ तर मानिसले ममा के देख्छ भन्ने चाहिँ भन्न गाह्रो छ,’ उनले भने ।

गाउँ सहर डेस्क

तपाईँको मत