पारस खड्काले भने- ‘क्रिकेट नै मेरो प्राथमिकता हाे तर राजनीतिमा पनि लाग्न सक्छु’
- गाउँ सहर संवाददाता
- २० श्रावण बुधबार, २०७८ | १५:१९:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफू राजनीतिमा पनि अघि बढ्न सक्ने बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले क्रिकेटबाट आफू नटाढिएको पनि बताए ।
उनले सही अवसर प्राप्त भएमा आफू राजनीतिमा पनि लाग्न सक्ने बताएका हुन् । तर तत्काल भने नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने उनको भनाइ छ ।
पारसले भने,- ‘राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु । आगामी दिनमा अवसरहरू आउँछ भने त्यो पनि किन नहुनु ?’त्यसअघि नै क्रिकेटलाई कुनै ठाउँमा पुर्याउन सक्नेतर्फ लाग्नुपर्छ, मेरो पहिलो प्राथमिकता क्रिकेट राम्रो होस् भन्ने नै हो ।’
अन्तराष्ट्रिय क्रिकेट सन्यास लिएकाे सम्ब्न्धमा प्रष्ट पार्दै उनले भने ‘दुई वर्षअघिनै सन्यासबारे सोचेको थिए । तर टिमलाई सहयोग गर्न पर्छ भनेर बसेको थिए । दुई वर्ष पूरा भएपछि छाडेको हुँ ।’ उनले भने ।
उनले अहिले उचित समय लागेर अन्तर्राष्ट्रिय क्रिकेटबाट राजीनामा दिएको पनि बताए । ‘यो राइट टाइम भनेर अनाउन्समेन्ट गरेको हो’, उनले भने । नेपाली क्रिकेट टिमभित्रको वातावरणलाई आफूले सधैँ मिस गर्ने खड्काले बताए ।
उनले आगामी दिनमा क्रिकेटलाई कसरी राम्रो गर्न सकिन्छ भनेर क्यानसहितका अधिकारीलाई आइडिया दिनसक्ने भन्दै आगामी दिनमा मौका मिलेमा क्यानमा कुनै भूमिका निर्वाह गर्न सक्ने पनि बताए ।
छिट्टै क्रिकेट एकेडेमी लन्च गर्न लागेको जानकारी दिँदै उनले त्यसलाई नेपालभर लिएर जाने पनि बताए ।
‘नेपाली क्रिकेटको जुन गति छ, त्यो कायम रहोस भन्ने छ । अहिलेको टिमले नेपाली क्रिकेटलाई अघि बढाउनेछ । टिमले सधै जितोस भनेर प्राथना गर्नेछु ।’ उनले थपे ।
'क्रिकेटमा मैले पार्न सक्ने प्रभाव यतिनै थियो जस्तो लाग्छ । मेरो इच्छा व्यवस्थापनमा छ ।' उनले भने, 'पारसले गर्दामात्र नेपाली क्रिकेट यहाँसम्म आएको हैन । अन्य धेरै खेलाडी छन् । पुराना धेरै खेलाडीको योगदान छ ।'

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस