प्रेरणा

मोक्ष प्राप्ति होइन, सन्यास संकल्पको प्रतिक हो ‘पहेँलो वस्त्र’

[सत्य कमजोरीको लागि होइन, साहसीको लागि हो]

काठमाडौँ । मोक्ष प्राप्तिको साधन होइन पहेँलो वस्त्र । यो त मोक्षको मार्गमा हिँड्ने प्रतिवद्धताको सूचक हो । यो आफैँमा गन्तव्य होइन, यो त सोतर्फ प्रस्थानको एक तयारी मात्र हो । जब तपाईं कुनै कामको लागि तयार हुनुहुन्छ, तब त्यसलाई पूरा गर्ने संभावना बन्नेछ ।

मोक्ष प्राप्तिको लागि थोरै पागल हुनु जरुरी छ । यो पागल हुने बाटो हो, र अरु केही होइन । यो तपाईंको होशियारी तोड्ने बाटो हो । यसले तपाईंको समझदारी पहिल्याउने बाटो हो । पहेँलो वस्त्र पहिर्याइदियो, बनाइदियो पागल ! अब जहाँ जानुहोस, त्यहिँ हाँसी मजाक हुन्छ । जहाँ जानुहुन्छ, मानिसहरुले चैनसँग उभिन दिँदैनन् । सबैको आँखा तपाईंमा पर्छ । हरेक व्यक्तिले सोध्नेछन्— के भयो ? हरकोहिका आँखाले के भनिरहेको छ तपाईंलाई थाहा हुन्छ, केही गडबड त भएन । तपाईंपनि यो उपद्रोमा पर्नुभयो ? सम्मोहित हुनु भयो ?

पहेँलो वस्त्रको कुनै मूल्य छैन । कयौँ खालका पहेँलो वस्त्रबाट तपाईं मोक्ष प्राप्त गर्न सक्नुहुन्न । पहेँलो वस्त्रको मूल्य यति नै छ कि तपाईंले एक घोषणा गर्नुभयो, कि तपाईं पागल हुनको लागि तयार हुनुहुन्छ । त्यसपछि अगाडिको यात्रामा निस्कन सक्नुहुन्छ । यहीँ तपाईं डराउनु भयो भने अगाडि कुन यात्रा हुन्छ ? आज तपाईंलाई पहेँलो वस्त्र लगाइन्छ, भोली एकतारा पनि हातमा ठड्याइन्छ । औँला हातमा आए पुगिन्छ पनि । यो त पहिचानको लागि हो कि मानिस हिम्मतवाला छ कि छैन । हिम्मतवाला छ भने विस्तारै विस्तारै हिम्मत बढ्दछ । आशा यो छ कि तपाईं मीरा र चैतन्यजस्तै नाच्न सक्नुहोस् । यो पहेँलो वस्त्र तपाईंलाई भीडबाट अलग गर्ने उपाय हो । तपाईंलाई व्यक्तित्व प्रदान गर्ने व्यवस्था हो ताकि तपाईं भीडबाट भयभित हुन छाड्नुहोस, ताकि तपाईं आफ्नो स्वर उठाउन सक्नुहोस, आफ्नो खुट्टा उठाउन सक्नुहोस, पाखण्डीलाई चिन्नुहोस् ।

राजमार्गबाट कुनै कहिल्यै परमात्मासम्म पुगेको छैन, पुग्दैन । सत्मार्गबाट पुगिन्छ । र हामी विस्तारै विस्तारै बानी भइसक्यौँ कि भीडको पछाडि हिँड्न । थोरैमात्र भीडभन्दा अलग हुन डर लाग्दछ । जुन साथीले सोधे, कुनै विश्वविद्यालयमा प्रोफेसर छन्, बुद्धिमान छन्, सुशिक्षित छन्, तर विश्वविद्यालयमा पहेँलो वस्त्र लगाएर जान्छन, तब अचम्ममा पर्छु । 

प्रश्न सोधे जान्दछु कि मनमा आकांक्षाको पनि स्थान छ, होइन भने सोध्छन किन । अब प्रश्न छ....हिम्मतबाट चुन्ने, कि फेरि हिम्मत छाड्ने, साहस दवाउने ? कठिन त पक्कै हुन्छ । भन्नुपर्छ, यहि त पूर्ण व्यवस्था हो ।

सोधियो कि माला वस्त्रको माथी लगाउनु किन जरुरी छ । इच्छा लगाउने स्पष्ट छ, तर कपडाको भित्र लगाउने इच्छा छ । होइन, भित्र लगाउँदा हिँडिदैन, त्यो त नलगाउँदा जस्तै हुन्छ । बाहिर लगाउनको कारण छ । कारण यो छ कि तपाईंलाई कुनै प्रकारको भीडबाट हुने भय दूर गर्नुछ...जसरी पनि ।

तपाईंको मस्तिष्कमा चिन्ताले सताइरहन्छ कि अर्कोले के भन्छ, तबपनि कदम अगाडि बढाउन सक्नुहुन्छ । यदी परमात्माको समिपमा हुनु छ भने समाजबाट थोरै टाढा हुनै पर्दछ किनकी समाज त बिल्कुलै परमात्माको होइन । समाजको ढाँचाबाट थोरै मुक्त हुनु पर्दछ ।

न त मालाको कुनै मूल्य हुन्छ न त पहेँलो वस्त्रको मूल्य । आफैँमा कुनै मूल्य हुँदैन...मूल्य कुनै र कारणबाट हुन्छ । यदी यो सारा मुलुक नै पहेँलो वस्त्र लगाउँछन भने म तपाईंलाई लगाइदिन्न, तब म अर्को चुन्नेछु । कालो, नीलो आदि । यदी यो सारा मुलुक नै माला लगाउँछन भने म लगाउँदिन, अन्य उपाय चुन्नेछु । धेरै उपाय मानिसले चुने । बौद्ध भिक्षुले केश त्याग गरे, उपाय छ । महावीर दिगंबर भए ।

सोच्नुहोस्, जुन व्यक्तिले यी मानिसको अनुसरण गर्ने सोचेका छन, उनीहरुको साहसको खबर गर्नुहोस । विचार गर्नुहोस् । त्यो साहसमा नै सत्यले उनको द्वारमा आएर पाइला दिएको होला । बुद्धले राजपुत्र, सम्पति, धनत्याग गरे, भिक्षापात्र हातमा दिए । जो सँग केही कुराको कमी थिएन उनले भिखारी बन्न किन दत्तचित्त भए ? उदी भिक्षाबाट परमात्मा मिल्दछ भने कसैलाई जुनसुकै बेला मिल्न सक्दथ्यो । होइन प्रश्न यो थिएन....उनलाई पार गरेर लैजानु थियो, जहाँ उनी निपट पागल सिद्ध हुन सकोस् । उनलाई तर्कको दुनियाँबाट बाहिर लानू थियो ।

उनलाई हिसाव कितावको दुनियाँबाट बाहिर ल्याउनु थियो । जो साहसी थिए, उनीहरुले स्वीकर गरे । जो कायर थिए, उनीहरुले आफू भित्र तर्क खोजे । उनीहरुले भने, के हुन्छ शिर झुकाउँदा ? के हुन्छ दिगंबर हुँदा ? के हुन्छ पहेँलो वस्त्र लगाउँदा ?

यो प्राकृतिक प्रश्न होइन । असली सवाल त यो छ कि, तपाईंमा हिम्मत छ ? सोध्नुहोस यो कुरा कि के हुन्छ हिम्मतले । हिम्मतबाट सबैकुरा हुन्छ । साहसको आतिरिक्त र कुनै उपाय मानिसको साथमा हुँदैन । दुस्साहस चाहिन्छ !

मानिस हाँस्नेछन् । मजाक उडाउने छन् । र तपाईं निश्चिन्त आफ्नो मार्गमा गइरहनुहोस् । तपाईं उनीहरुको हाँसो मजाकबाट बिचलित नहुनुहोस् । तपाईं उनीहरुको हाँसो मजाकबाट नडगमगाउनु होस् । दुःखी नहुनुहोस् । उनीहरुको शैलीले तपाईंको जीवनमा करुणाको प्रवेश गर्दछ ।

यो समाजको दायराबाट मुक्त गर्ने व्यवस्था हो । जसबाट मुक्त हुनु र जसलाई थोरै हिम्मत र भरोषाले चुनौतिलाई स्वीकार गर्नुहोस् ।

सत्य कमजोरीको लागि होइन, साहसीको लागि हो । पहेँलोको सत्य त्यो मार्गमा जानको लागि हो जहाँ तपाईंलाई साहसको साथ अगाडि बढिरहनु छ, जबसम्म परमात्मा मिल्दैनन् । (सौजन्य : ओशोधारा नानक धाम, मुरथल, सोनीपतबाट अनुवादित्)
 

गाउँ सहर डेस्क

तपाईँको मत