खेल

विश्व प्रख्यात टेनिस खेलाडी सारापोभाद्वारा खेलबाट सन्यासको घोषणा

  • १५ फाल्गुण बिहीबार, २०७६ | १०:४६:०० मा प्रकाशित

विश्व प्रख्यात रसियन टेनिस सुन्दरी मारिया सारापोभाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी छन् । पछिल्लो समय चोटका कारण खेल्न नसकेकी सारापोभाले आफु खेलका लागि फिट नभएको भन्दै सन्यास लिने बताएकी हुन् ।

पाँच पटककी ग्रान्डस्लाम विजेता सारापोभा काँधको चोटबाट पिडित छन् । सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो ग्रान्डस्लाम जितेकी सारापोभाले त्यसपछि कोर्टमा तहल्का पिटिन् । सन् २०१६ मा मेल्डोनियम नामक प्रतिबन्धित औषधि प्रयोग गरेको भन्दै उनलाई १५ महिना प्रतिबन्ध गरिएको थियो । प्रतिबन्धपछि पुनः टेनिसका फर्किएकी सारापोभालाई पुरानै फर्ममा आउन गाह्रो भयो ।

चोटकै कारण ३२ बर्षकै उमेरमा उनले कोर्ट छाड्ने संकेत गरेकी हुन् । सारापोभाले एक म्यागाजिनमा लेग लेग्दै अब टेनिस खेल्न नसक्ने बताएकी छन् । उनले भनेकी छन्–‘म टेनिसका लागि नयाँ हुँ । पछिल्लो समय टेनिस मेरो लागि पहाड भयो । मलाई माफ गर्नुहोस् । म गुडवाई भन्न चाहन्छु ।’

पूर्व विश्व नम्बर एक सारापोभाको वरियता पछिल्लो समय खस्किएर तीन सय ७३औं स्थानमा पुगेको थियो ।

तपाईँको मत