अन्तराष्ट्रिय म्याराथन फागुन १ मा
- गाउँ सहर डेस्क
- २८ पौष मंगलबार, २०७७ | ११:०१:०० मा प्रकाशित
कास्की । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुने भएको छ ।
म्याराथनको विजेताले रु २ लाख तथा द्वितीयले रु १ लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको छ ।
सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको जनाएको छ ।
यस वर्षदेखि महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिएका छन् । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, ७५ हजार, ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाली खेलकूदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायत लगायत विश्वका अन्य मुलुकका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरक फरक मितिमा आयोजना गरिने भएको छ । जस अन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ ।
यसैगरी १० किमी महिला, पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र, छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला-पुरुष दौडमा विजेता रु १५ हजार तथा द्वितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिए ।
ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रु ७ हजार, द्वितीयले रु ५ हजार र तृतीयले रु ३ हजार पुरस्कार पाउनेछन् । यसैगरी छात्र, छात्रा दौडमा प्रथमले रु १० हजार द्वितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनका लागि रु ५० लाख ६० हजार खर्च लाग्ने प्रारम्भिक अनुमान रहेकामा प्रदेश सरकार, पोखरा महानगरपालिकालगायत सरकारी तथा निजी सङ्घ संस्थाबाट सहयोग सङ्कलन गरिने आयोजकले बताएको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस