नेपाल रेडक्रस सोसाइटी पोखरा ३३ उपशाखाको १९औं साधारण सभा सम्पन्न
- गाउँ सहर संवाददाता
- २८ पौष शनिबार, २०८० | २१:२२:०० मा प्रकाशित
पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका ३३ उपशाखाको १९औं साधारण सभा शनिवार सम्पन्न सम्पन्न भएको छ ।
उपशाखाका सभापति टुकराज आचार्यको अध्यक्षतामा भएको सो साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभामा कास्की निर्बाचन क्षेत्र न २ क बाट निर्बाचित सांसद भीमबहादुर कार्कीले मानवीय सेवा रेडक्रसको मूल मर्म भएकाले रेडक्रसकर्मीहरु मानवीय पीडा कम गर्न लागि पर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नं ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारीले मानवीय जोखिम कम गर्न जुनियर, युवा, महिला सबै रेडक्रसकर्मीहरु लाग्न आग्रह गरे ।
नेपाल रेडक्रस सोसाईटी कास्कीका जुनियर युवा समितिका संयोजक रमेशराज भण्डारी, सल्लाहकार केशरप्रसाद निर्दोषी, उपशाखाका पूर्व सभापति यज्ञप्रसाद अधिकारी लगायतले रेडक्रसका वारेमा आ आफना धारणा राखेका थिए ।
रेडक्रसका सात सिद्धान्त वाचन गरिएको उक्त कार्यक्रममा उपशाखाका सभापति टुकराज भण्डारीले वार्षिक गतिविधि प्रस्तुत गरेका थिए ।कार्यक्रमको सञ्चालन उपशाखाका सचिव तुलसीमणि अधिकारीले गरेका थिए ।
सचिवको प्रतिबेदन र कोषाध्यक्षको प्रतिबेदन सर्वसम्मत पारित भएका थिए भने सोही अवसरमा ४ जना विशिष्ट सदस्यहरुलाई स्वागत समेत गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हामीले खोजेको नेतृत्व कस्तो ?
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- नेप्से झिनाे अंकले बढेर बन्द
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
प्रतिकृया दिनुहोस