खेल
केन्याली धावकले जिते यस वर्षको सफल पोखरा म्याराथनको उपाधी
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण शनिबार, २०८० | १६:१२:०० मा प्रकाशित

पाेखरा । केन्याली धावक जुलियस मुरिला वाहोमले यस वर्षको सफल पोखरा म्याराथनको उपाधी जितेका छन् ।
वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै उपाधी जितेका हुन् उनी अघिल्लो वर्षका उपविजेता हुन् ।
यस्तै, दोस्रो र तेस्रो उपाधि पनि केन्याकै इसाक किहारा कामिरी र इड्वीन किप्लागेटले जितेका छन् ।
कामिरीलले २ घण्टा २० मिनेट ५ सेकेन्डमा र किप्लागेटले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरेका हुन् । चाैथाे स्थान नेपाली धावक किरण बोगटीले जितेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस