पृथ्वीनारायण शाहका दिव्योपदेश : सधैँ सान्दर्भिक
- गाउँ सहर डेस्क
- २७ पौष सोमबार, २०७७ | ०९:२५:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते साेइतबार मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ ।
विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।
मुलुकको विकास र समृद्धिका लागि सुशासन कायम गर्न घुस दिने र लिने दुवै देशका शत्रु हुन् भन्ने राष्ट्र निर्माताको धारणा सदासर्वदा स्मरण योग्य छ ।
हेराैँ केही उपदेशहरू
१. खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।
२. अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।
३. मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।
४. सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।
५. जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।
६. सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।
७. नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।
८. काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।
९. सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।
१०. आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।
११. घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।
१२. यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।
१३. राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- तपाईंकाे ऋण छ अनि कसरी तिर्ने तनावमा हुनुहुन्छ ?
- राप्रपाले बिराेध नगरेकाे संविधान दिवस
- आज जनैपूर्णिमा पर्व मनाइँदै, यी हु्न् जनै धारण गर्नाले शरीरमा हुने फाइदा
- जनै खटिरा किन र कस्ता मानिसलाई आउँछ, के छ उपचारकाे उपाय ?
- कण्डमबारे राेचक इतिहास र यस्ता छन् फाइदा/बेफाइदा
- के हाे हैजा, बच्ने उपाय र घरेलु उपचार यस्ताे छ
- खासमा माैद्रिक नीति भनेकाे चाहीँ के हाे र किन महत्वपूर्ण मानिन्छ ?
- माला जप्नुको अर्थ ! के हुन्छ माला जप्दा ?
- वर्षायामसँगै फैलन सक्छन् यी रोगहरु, बच्नुस् यसरी
- वर्षायाम लाग्याे, यसरी बच्नुहाेस्, यी विभिन्न राेगबाट
प्रतिकृया दिनुहोस