गाउँ सहर

आज जनैपूर्णिमा पर्व मनाइँदै, यी हु्न् जनै धारण गर्नाले शरीरमा हुने फाइदा

काठमाडाैं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ ।

श्रावण शुक्ल पूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

आजभोलि मनाइने जनैपूर्णिमालाई प्राचीन कालमा उपाकर्म भनिन्थ्यो । यो वर्षा ऋतुको पहिलो पूर्णिमामा गरिने कर्म हो । उपाकर्म वेद अध्ययन गर्नका लागि प्रारम्भ गरिने एउटा अनुष्ठान हो । यस अनुष्ठानलाई शास्त्रीय रुपमा गुरु-शिष्य मिलेर गर्ने कर्मका रुपमा व्याख्या गरिएको छ । यो वेद पढाउने गुरु र वेद पढ्ने शिष्यबीचको कर्म हो ।

तर पछिल्लो समयमा उपाकर्म ओझेलमा परेको छ । कताकतै मात्रै यो अनुष्ठान गरिएको पाइन्छ । अहिले उपाकर्मलाई जनैपूर्णिमा, रक्षाबन्धन भनेर एउटा सांस्कृतिक चाडको रुपमा मनाउने प्रचलन छ ।

शास्त्रीय भाषामा जनैलाई यज्ञोपवित भनिन्छ । यज्ञका निम्ति प्राचीन रुपमा मानिसले लगाइने वस्त्रलाई उत्तरीय र अधोवस्त्र भनिन्थ्यो । अधोवस्त्र भनेको धोती जुन शरीरको तल्लो भागमा लगाइन्छ र उत्तरीय भन्नाले माथि लगाउने वस्त्र भन्ने बुझिन्छ ।

शास्त्रका अनुसार उत्तरीय लगाएर मात्रै यज्ञको अनुष्ठान हुन्छ । उत्तरीय नलगाइकन व्यक्ति शून्य हुन्छ, रित्तो हुन्छ । यही उत्तरीयको विकल्पमा जनै अथवा यज्ञोपवितको प्रयोग हुन थालेको हो । यज्ञ लगाउन प्रयोग हुने उत्तरीयको  विकल्पका रुपमा जनै लगाउन थालिएको हो ।

तीन दण्ड अर्थात् तीन डोरा, नौ सूक्ष्म तन्तु र पाँच शिखा वा गाँठा हुन्छन् जसलाई पञ्चशिखा भनिन्छ । एउटा जनैमा तीन धागा – डोरा वा सूत्र हुन्छन् । हामी कहाँ तीन संख्याको ठूलो महत्व छ । 

जनैमा ३ वटा शिखाहरु हुन्छन् । तीनले ब्रह्मा, विष्णु र महेशलाई बुझाउँछ । सत्वगुण, रजोगुण, तमोगुण, तथा ब्रह्म, विष्णु, महेश्वर गरी ३ गुण, ३ तत्व, ३ परिस्थिति, ३ स्वभाव जस्ता अलग–अलग त्रिकोणात्मक विषयहरु समेट्ने काम ३ वटा शिखाहरुले गर्दछ ।

यज्ञ अनुष्ठानका लागि व्यक्ति पवित्र हुनुपर्ने भएकोले जनै लगाएको व्यक्ति त्यसको लागि तयार हुन्छ । जनै नलगाएको व्यक्ति अपवित्र मानिन्छ । त्यसैले पनि यज्ञ अनुष्ठान गर्दा जनैको प्रयोग अनिवार्य भयो ।

ब्राह्मणले उपनयन गरेपछि वेद पढ्नुपर्ने र वेद पढ्नका लागि जनै (ब्रह्मसूत्र) लगाएरै पढ्नुपर्ने हुन्छ । जनै नलगाइकन गरेको कर्म निष्फल हुन्छ । वेदको अध्ययन गर्न, धार्मिक अनुष्ठानका गर्न जनै अनिवार्य हुन्छ ।

तागाधारी जसले उपनयन वा व्रतबन्ध गरेर जनै लगाएका  हुन्छन्, उनीहरुलाई गुरुले गायत्री मन्त्र दिएका हुन्छन् । मन्त्र जप्नका लागि जनै लाउनु पर्ने हुन्छ । अहिले पछिल्लो समयमा विभिन्न व्यवहारिक कारणले धेरै कुरा छोडे पनि जनै धारण गर्नाले मानिसलाई ‘धार्मिक अनुष्ठानसँग मेरो सम्बन्ध छ, म धार्मिक अनुष्ठान गर्नुपर्ने मान्छे हुँ, म जनै लगाएर पवित्र भएको छु,’ भन्ने स्मरण गराइरहन्छ ।

यसले मान्छेलाई सांस्कृतिक रुपमा निरन्तर अनुशासित बनाउँछ । ‘म एउटा व्रतमा बाँधिएको छु, नियममा बाँधिएको छु’ भन्ने कुरा झक्झक्याइरहन्छ । गुरुले दिएका आचरण र उपदेशहरुको स्मरण गराउँछ ।

जनैपूर्णिमा मुलतः धार्मिक पर्व हो । तर अहिले सबैले त्यही किसिमले धार्मिक अनुष्ठान नगर्ने, गर्न नसक्ने हुनाले यो पर्वलाई धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा लिन सकिन्छ।  

जनैलाई वैदिक मन्त्रले मन्त्रेर त्यसमा एउटा शक्ति छ, पवित्रता छ भनेर धारण गरिन्छ । त्यस्तै रक्षाबन्धनलाई पनि वैदिक मन्त्रले मन्त्रेको हुन्छ । ब्राह्मणबाट रक्षाबन्धन बाँध्ने कुरा शास्त्रीय हो ।

शास्त्रीय रुपमा धार्मिक कर्तव्य, सांस्कृतिक  कर्तव्य  र अनुशासनमा बस्नु पर्ने कर्तव्य  स्मरण गराउनको लागि जनैलाई एउटा धार्मिक तथा सांस्कृतिक चिन्हको रुममा धारण गरिएको हो ।

स्वीट्जरल्यान्डका स्थायी बासिन्दा ‘रुडोल्फ होगर’ले हिन्दू धर्मावलम्बी तागाधारीहरुले लगाउने जनै र यसको ऐतिहासिक पक्षलाई समेटेर ‘दि सेक्रेट थ्रेइड’ नामक पुस्तक नै लेखेका छन् । पुस्तकमा जनै, यसको धार्मिक एवं ऐतिहासिक महत्व र आधुनिक समाजमा मानिसको मनोवैज्ञानिक पक्षलाई पार्ने सकारात्मक प्रभावलगायतका विषयहरुलाई स्पष्ट रुपमा उल्लेख गरिएको छ । होगर’ले जनैलाई दी पावर अफ ट्रीनिटी को रुपमा व्याख्या गरेका छन् ।

वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउँदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ । 

के के कारणले जनै लगाउनाले मानिसको स्वास्थ्यलाई सकरात्मक प्रभाव पार्छ त ?  

– यसले हृदय रोगको सम्भावनालाई कम गर्छ ।

– चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ ।  मलमूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ ।

– पिसाब फेर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बायाँ काँधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ ।

– जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट जोगाउँछ ।

– निन्द्रामा भूत प्रेत आदिबाट हुने ऐठन आदिको भयबाट पनि मुक्ति मिल्छ ।

– काँधमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिन्छ ।

– कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ ।

–यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ ।

– यो रेखा दायाँ काँधबाट कम्मरसम्म फैलिएको हुन्छ, त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ । जसको कारण काम क्रोधमा नियन्त्रण राख्न सजिलो हुने विश्वास गरिन्छ । जनैमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन् । जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो, यो सृष्टिकर्तासँगै जन्मिएको हुँदा यसको धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुन्छ ।  

– कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ ।

– जनै लगाउँदा शरिरको सुक्ष्म स्नायु हरुलाई पनि सक्रिय हुन्छन् र स्नायु प्रणालीलाई संतुलन राख्न मद्दत गर्छ ।
– जनै विधिपूर्वक वेद मंत्रोच्चारणका साथ अभिमन्त्रित गरिन्छ । यसका कारण  अवाजके तरङग हरु जनैको धागोमा प्रवाह हुन्छन्, यसको खष्दचबतष्यल ले सुक्ष्म तरिकाले शरीरलाइ सकारात्मक उर्जा दिने कार्य गरिएको हुन्छ ।
– हातमा बाधिएको रक्षाबन्धनले नाडिमा हुने उगकिभ को माध्यम बाट रक्तचाप तथा अन्य दयियम उगचषष्अबतष्यल प्रक्रियालाई पनि संतुलन राख्न केही मद्दत गर्दछ ।

परम्पराअनुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार पारिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । नेवार समुदायमा यस दिनलाई गुन्हु–पुन्ही भनी मनाइने परम्परा छ । खेतमा राम्रो अन्न फलोस् भनेर सीमे, भूमे, देउराली आदिको पनि पूजा गर्ने चलन पनि पाइन्छ ।

भिडिओ

गाउँ सहर डेस्क

तपाईँको मत