फोटो
थोपो चुहिँदैन राष्ट्रपतिले उद्घाटन गरेकाे धाराबाट
- २० माघ आइतबार, २०८१ | ०८:३२:०० मा प्रकाशित
काठमाडौं । निकै तामझामकासाथ तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेकाे धाराबाट अहिले थाेपाे झर्दैन भन्दा अच्म्मित हुनुभयाे हाेला । हाे, मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरिएको धारा लामो समयदेखि प्रयोगविहीन छ । मेलम्चीको पानी काठमाडौंमा आइपुगेको ऐतिहासिक अवसरमा भृकुटीमण्डपमा निर्माण गरिएका तीन वटा ढुङ्गेधारा खोलेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७७ चैत २० गते मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेकी थिइन् ।
भृकुटीमण्डप आउने आगन्तुकले निःशुल्क रूपमा पानी खान पाउने गरी ती ढुङ्गेधाराको उद्घाटन गरिएको थियो । २४ घण्टा नै पानी आउने गरी उद्घाटन गरिएका ती धारामा अहिले पानीको थोपो चुहिन्न । एउटा धाराको त टुटीसमेत हराइसकेको छ । धारा जडान गरिएको ठाउँलाई जस्तापाताले छेकेर राखिएकाे छ ।
प्रतिकृया दिनुहोस