स्वास्थ्य

जनै खटिरा किन र कस्ता मानिसलाई आउँछ, के छ उपचारकाे उपाय ?

काठमाडाैं । तपाइँ हामी कतिपयलाई जीउमा जनै जसरी वरिपरी खटिर आएकाे छ र नभए देखेका छाैँ जसलाई हामी जनै खटिरा भन्छाैँ । चलनचल्तीमा जनैखटिरा भनिए पनि यसलाई चिकित्सकीय भाषामा ‘हर्पस जोस्टर’ भनिन्छ । 

पहिले पहिले जनैखटिरालाई लिएर समाजमा एउटा भ्रम थियो, यस्तो खटिरा जनै फोहोर भएर आउँछ भन्ने । त्यही कारण जनै पोलेर त्यसको खरानी लगाउने गरिन्थ्यो ।
जनैखटिरा आउँदा धामीकहाँ झारफुक गर्न धाउनेहरु पनि थिए । तर जनै खटिराको वास्तविकता अर्कै छ ।

जनै खटिरा धेरै पुरानो रोगमध्येको एक हो। जनै रहने ठाउँमा नै घाउहरू आउने भएकाले यसलाई जनै खटिरा भनिएको रहेछ। जनै खटिरा भनेको एक किसिमको भाइरल संक्रमणबाट हुने समस्या हो। जनै खटिरा कसैबाट सरेर आउने भन्ने हुँदैन । यो रोग किन हुन्छ यसको कारण स्पष्ट त छैन, तर चिकित्साविद्हरु (छालारोग विशेषशज्ञ) को भनाइअनुसार जब हाम्रो शरीरको प्रतिरोधक क्षमता कमजोर हुन्छ ।

सानोमा पानी फोका आएकाहरूलाई पछि गएर जनै खटिरा हुने खतरा रहन्छ । पानी फोका सञ्चो भइसके पनि नशाको कुनै भागमा गएर यसको भाइरस बसेको हुन्छ । जब त्यहाँ कुनै किसिमको आक्रमण हुन्छ, त्यो बेलामा जनै खटिरा आउँछ ।

चिकित्सकहरुका अनुसार जब शरीरको प्रतिरोधक क्षमता कमजोर हुन्छ त्यसबेला यो भाइरस स्नायुमार्गरनर्भस पाथवेको बाटो हुँदै छालासम्म पुग्छ । यो रोग बढ्दो उमेर तथा पचास वर्षभन्दा बढी उमेर भएका मानिसमा लाग्ने सम्भावना बढी हुन्छ ।

किन आउँछ जनैखटिरा ?

यदि कुनै व्यक्तिलाई सानो छँदा ठेउला आएको छ भने पछि वयस्क हुँदा उनीहरुलाई जनै खटिरा आउन सक्छ । किनभने जुन भाइरसले ठेउलाको समस्या हुन्छ, ठेउला निको भइसक्दा पनि उक्त भाइरस पूर्ण रुपले नष्ट भएको हुँदैन ।

वयस्क उमेरमा जब मान्छेलाई चिन्ता, तनाव, धपेडी हुन्छ र शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, तब उक्त भाइरस सक्रिय हुन्छ । अनि भाइरस छालाको सतहमा आउँछ । यसले गर्दा छालामा स-साना बिमिरा आउने, पानीको फोका जस्तो बन्ने र फुट्ने हुन्छ । यो एक ठाउँबाट क्रमशः फैलिंदै अन्यत्र पुग्छ । यदि समयमा नै उपचार भएन भने शरीरभर यस्तो खटिरा देखा पर्छ ।

छालाको अन्य खटिरासँग जनै खटिरा पनि करिब मिल्दो देखिन्छ । सुरुमा छालामा स–साना बिमिरा आउने, पानीको फोका जस्तो हुने, चिलाउने, पोल्ने गर्न थाल्छ । यस्तो खटिराको कारण अत्यधिक दुखाइ हुन्छ र फैलिंदै जाँदा ज्वरो पनि आउन सक्छ ।

मान्छे सामान्य छ भने शरीरको आंशिक भागमा मात्र आउँछ । यदि उनीहरुमा टीबी, क्यान्सर वा अन्य दीर्घरोग छ भने शरीरमा यस्तो खटिरा चाँडै फैलिन्छ र निकै नै दुःख दिन्छ । दीर्घरोग भएकाहरुलाई घाउ निको भए पनि त्यस ठाउँमा पछिसम्म दुख्ने, पोल्ने हुन्छ ।
लक्षण 
- दाना निस्किनुभन्दा अगाडि बिमिरा आउने ठाउँमा दुख्नु यस रोगको प्रमुख लक्षण हो। 
- छाती, पेट, पिठ्युँ, घाँटी, हात, खुट्टा आदि ठाउँमा स(साना बिमिरा निस्कनु। अधिकांश रुपमा बिमिराहरु शरीरको माथिल्लो भागमा नै निस्किन्छन्।
- बिमिरा निस्केको ठाउँमा चिलाउने, पोल्ने र दुख्ने हुनु।
- बिमिरा विस्तारै ठूला हुँदै जाने र ससाना घाउ जस्ता देखिनु।
- ती घाउहरुमा पोलेका घाउमाझैं पानी भरिने, फुट्ने र दुख्ने।
- साथै सामान्य ज्वरो आउने र टाउको दुख्नु।

औषधि उपचार नभएर जनै खटिरा बिग्रिन सक्छ । परिणामस्वरूप शरीरभरि घाउ आउने, पाक्ने, नसुक्ने र निको नहुने हुन्छ । जीवाणु संक्रमण हुने र भित्री अंगहरु पनि विस्तारै असर गर्न सक्छ ।

यस रोगको उपचारको क्रममा बिरामीले आफ्नो खानपानमा समेत ध्यान दिनुपर्छ । उचित खानपानले पनि रोगलाई निको पार्नमा मद्दत गर्दछ । जनैखटिरा आउँदा धेरैले खानेकुरा बार्ने गर्छन् । शरीर कमजोर भएका कारण जनैखटिरा आउने हुँदा शरीरलाई शक्ति प्रदान गर्न माछा, मासु, गेडागुडी, दूध, दाल, लसुन, फलफूल, हरियो सागपातलगायत खानेकुरा समावेश गर्नुपर्छ ।

यस रोगबाट पीडित बिरामीले आफ्नो खानामा माछा, मासु, गेडागुडी, दूध, चिज, मुंगको दाल, लसुन, हरियो सागपात समावेश गर्नु पर्छ । बदाम, पेश्ता, काजू, ओख्खर, चक्लेट, मिठाई, जौ, गहुँबाट बनेका परिकार भटमास आदि जस्ता खाद्य पदार्थहरुको सेवनले भाईरसलाई वृद्धि गर्ने हुँदा यसलाई नखानु नै वेश हुन्छ ।

के छ त उपचार ?

छालामा खटिरा देखा पर्नासाथ छालारोग विशेषज्ञसँग भेट्नु उपयुक्त हुन्छ । उक्त खटिरा के हो रु जनै खटिरा हो वा होइन भन्ने कुरा पहिचान गर्नुपर्छ । यदि जनै खटिरा हो भने त्यसको लक्षण देखिएको तीन दिनभित्र नै एन्टिभाइरल औषधि चलाउनुपर्छ ।

खटिरा आउने बित्तिकै फैलिन थाल्छ, त्यसलाई रोक्न छिटो एन्टिभाइरल औषधि दिनु अति आवश्यक हुन्छ । शरीरको कुन भागमा खटिरा आएको हो सोही अनुसार औषधि लगाउनुपर्छ ।  शरीरका जुन अंगमा बिमिरा आएको छ सोही अनुसार चिकित्सकलाई देखाएर औषधि उपचार गर्नुपर्छ ।

घाउ तथा बिमिराको लागि एन्टिबायोटिक  र एसाइक्लोभिर जस्ता औषधि खाने तथा मल्हम लगाउने ।

बिमिरा चिलाउँदा नङले वा कुनै तिखो वस्तुले कन्याउनु हुँदैन । साह्रै नै चिलाएको अवस्थामा सफा नरम कपडाले माथिबाट हल्का किसिमले सुम्सुम्याउँदा चिलाउने अलि कम हुन्छ ।

घाउलाई सफा राख्ने र सरसफाइमा ध्यान दिने ।

जनैखटिरा आएपछि कसैलाई दुई-तीन हप्तामै आफैं ठिक हुन्छ भने कतिपय दीर्घरोगबाट पीडित बिरामीलाई एकरदुई वर्षसम्म पनि यसले दुख दिइरहन सक्छ ।

बेलैमा जनैखटिराको उचित उपचार गरिएन भने यस रोगबाट प्रभावित व्यक्तिको आखाँको दृष्टि कमजोर हुने,  बिरामीको मुख बांगो हुनेरबेल्स पाल्सी हुने, घाउमा बेक्टेरिएल संक्रमण हुने र लामो समयसम्म दुखाइ रहिरहने हुनसक्छ । 

जनै खटिरा जनै लागाउने ठाउँमा मात्रै आउने होइन, यो शरीरको जुनसुकै भागमा पनि आउन सक्छ । शरीरमा बिबिरा आएको विपरीत भागतिर बाघरसिंहको चित्र बनाउने र ती दुवै एक अर्कासँग जोडिए मृत्यु हुन्छ भन्नु भ्रम मात्र हो । धामीझाँक्री र झारपातको प्रयोग गरेर यो निको हुने होइन त्यसैले जति सक्दो चाँडो चिकित्सकको सल्लाह लिनुपर्छ । 

संक्रमण अवस्थामा भएको रोगीको ऊचित हेरविचार र सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसका साथै बिरामीको लुगा, बेडसिट, तौलिया, रुमाल, काँइयो आदिलाई तातोपानीले धोएर जीवाणुरहीत बनाउने । डाबर चिल्लाएको अवस्थामा नङले वा कुनै प्वाईन्टेट वस्तुले कन्याउनु हुँदैन । साह्रै नै चिलाएको छ भने सफा नरम कपडाले माथिबाट हल्का किसिमले सुमसुम्याने गर्नाले पनि चिलाउनमा राहत मिल्छ । आवश्यकता अनुसार पर्याप्त मात्रामा निदाउनु पर्छ । चर्को घाममा लामो समय बस्नु हुँदैन । शारीरिक एवं मानसिक तनाव सकभर कम गर्नु पर्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत