राजनीति

राप्रपाले बिराेध नगरेकाे संविधान दिवस

काठमाडाैं । वर्तमान संविधानप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुरुदेखि नै बिरोध जनाउदै आएपनि विरोधमा मात्रै सीमित भएको छ। यसको खारेजी वा अन्त्यको लागि राप्रपाले कुनै ठोस गतिविधि गर्न सकेको छैन।

अहिले मुलुकमा गणतन्त्र पक्षधर दलहरु नै मुलधारमा छन्। गणतन्त्र अहिलेको उत्तम व्यवस्था हो यद्यपी सानो स्वर राजसंस्थावादी अर्थात यो संविधान विरोधीहरुको पनि सुनिन्छ।

राप्रपा अहिले राजसंस्थाको पक्षधर अर्थात यो संविधानको प्रमुख आलोचक दल हो। राप्रपा मुलुकको पाचौँ स्थापित शक्ति पनि हो। गत निर्वाचनमा यसको मुख्य एजेन्डा नै राजसंस्थाको स्थापना थियो।

राप्रपाले आफ्नो महाधिवेशन समेत नयाँ नेतृत्व परिवर्तन र आन्दोलन भन्दै सम्पन्न गरेको थियो। नेपाली राजनीतिका हस्ति एवं चतुर खेलाडी कमल थापाको ढुलमुले नीति, मात्र सरकार केन्द्रीत सोच र चिन्तनको कारण युवा नेता राजेन्द्र लिङदेनले उनलाई हराउँदै पार्टीमा स्थापित भएका थिए।

राप्रपा अधिवेशनको यो अवधिलाई विश्लेषण गर्ने हो भने राजेन्द्र लिङदेनमा पनि त्यहि सोच र चिन्तनको हाबी कतिपय नेता कार्यकर्ताहरूकाे आराेप पनि छ। 

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्नु उनको प्रमुख कमजोरी बन्यो। यद्यपी राप्रपा अहिले सरकारमा छैन र यो संविधानको विरुद्ध सडकमा पनि छैन। राप्रपा कता छ त्यो स्पष्ट नेपाली नागरिकले देख्न सकेका छैनन्।

हिजो एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संविधान दिवस नमनाउँने सरकारले दलको नेता नोटिसमा राखेकोमा आफ्नो समेत नाम रहेको चर्चा गर्दै आफू पक्राउ हुन तयार रहेको बताउँदै गर्दा उनी पनि अब आफू अर्थात व्यक्ति वा म मा केन्द्रित रहेको स्पष्ट देखिन्थ्यो।

म सँग उनले राप्रपालाई जोडेनन् उनले राप्रपा पार्टी भन्दा आफू माथि रहेको आभाष दिएका थिए। उनको नेतृत्वमा रहेको राप्रपा देखिँदा संविधान विरोधी देखिए पनि रुपमा संविधानको पक्षधर नै देखिएको छ।

आज संविधान दिवस सरकारले धुमधामसँग मनाइरहँदा राजेन्द्र लिङदेनसहित उनको दल यसको विरोधमा कतै सडकमा देखिएन। कार्यकर्ताको ठुलो पङ्तिले संविधान दिवसको दिन सडक प्रदर्शन गर्नुपर्ने भनाइ बारम्बार राखेपनि उनी त्यसमा सहमत भएनन अर्थात राप्रपाले आज कुनै कार्यक्रम राखेको छैन।

गाउँ सहर डेस्क

तपाईँको मत