स्वास्थ्य

कण्डमबारे राेचक इतिहास र यस्ता छन् फाइदा/बेफाइदा

कण्डम पुरुषको उत्तेजित लिङ्गमा लगाइने एक प्रकारको रबरको पातलो खोल हो । यसले शुक्रकिटलाई महिलाको पाठेघरमा बस्न नदिएर गर्भ रहनबाट बचाउने गर्छ ।

पुरुषले यदि हरेक पटक यौन सम्पर्क गर्दा सही तरिकाले कण्डम प्रयोग गर्ने हो भने यसले गर्भ राक्नमा ९८ प्रतिशत प्रभावकारी रहने चिकित्सकहरुले बताउने गरेका छन् । यस्तै कण्डमको प्रयोगले एचआइभीसहितका यौन रोगबाट बच्न सकिन्छ ।

इसापूर्व १३५० मा इजिप्टमा पुरुषहरुले आफ्नो लिङ्ग सजाउने गर्दथे । सन १५६४ मा इटाली देशमा शरीर शैल्यबिज्ञ  फेलो पिग्सका अनुसार बुनेको कपडाको कण्डम प्रयोग हुन्थ्यो । १८औँ शताब्दीमा आएर कण्डमको अन्तराष्ट्रियनामाकरण गरिएको, जुन कण्डम आन्द्रा मुख्यतय भेडाको आन्द्राबाटबनेको थियो । विभिन्न धार्मिक संघ, संगठनहरुको बिरोधको बाबजुदपनि कण्डम बजारले व्यापकता पाउँदै गयो । 

१८औँ शताब्दीमा कण्डमविभिन्न गुणस्तर तथा आकारमा पाउन थालियो । कण्डम क्याफे,आौषधी पसल, रेष्टुरा, नाटकघरमा रसिया तथा सम्पूर्ण युरोप भरमापाउन थालियो । विस्तारै कण्डमले अमेरिका प्रवेश गर्न थाल्यो । तरत्यस समयमा कण्डम उच्च वर्गको समाजको लागि मात्र सहज थियो ।

१९औँ शताब्दीको सुरुवात तिर पहिलो पटक गरीव समुदायहरुमा पनिपरिवार नियोजनको साधनको रुपमा प्रयोग गर्न जनचेतनामूलककार्यक्रमहरु थालियो । विभिन्न राष्ट्रहरुले कानुन नै पारित गरेर कण्डम निर्माण तथा प्रयोग प्रर्वद्धनमा जोड दिन थाले ।

विभिन्न बाधा-ब्यबधानलाई तोड्दै १९औँ शताब्दीको अन्त्य तिर कण्डमपश्चिमी संसारभर एउटा प्रसिद्ध परिवार नियोजनको साधनको रुपमाविकास भयो । १९औँ शताब्दीको अन्त्य तिर जर्मन सैनिकहरुलेआफ्ना सैनिकहरुलाई कण्डम प्रयोग गर्न प्रोत्साहन गरे । 

यता २०औँ शताब्दीको सुरुतिर अमेरिकन सैनिकमा कण्डम प्रयोगले यौन रोग संक्रमण दर ह्वात्तै घटाएर लगेको अनुसन्धानले पत्ता लगायो । सन १९२० मा आएर संसारभर कण्डमको प्रयोग दोब्बर भएर गयो । संसारको पहिलो रबर निर्मित कण्डम सन १८५५ मा बनेको पाइन्छ । जुन साइकलको ट्यूब जत्तिकै बाक्लो थियो । यसको अलाबा पनि संयुक्त राज्य अमेरिका र बेलायतमा रबरले बनेका लिङ्गमुन्ड मात्र छोपिने कण्डमको प्रयोग हुन्थ्यो ।

दोश्रो विश्वयुद्धको समय भरीकण्डमलाई चलचित्र, पोस्टर तथा अध्यापनको माध्यमबाट झन्व्यापकता दिइयो । दोस्रो विश्वयुद्ध पश्चात सन् १९५५/१९६५ मा ४२५ अमेरिकनहरुले कण्डमलाई परिवार नियोजनको साधनको रुपमा प्रयोगगरेको इतिहास भेटिन्छ । 

यता बेलायतमा सन् १९५०/१९६० मा ६० प्रतिशत विवाहित जोडीले कण्डम प्रयोग गर्थे । सन् १९९५ मा अमेरिकी वजारमाप्लाष्टिक कण्डम पाइन थाले । यता १९८१ मा एड्स यौन सम्पर्ककोमाध्यमबाट सर्ने पत्ता लागेपछि त झन् एचआइभी किटाणु सर्न नदिनेकण्डमको प्रयोगले ब्यापकता पाउँदै गयो । कण्डमका विविध पक्षमाअनुसन्धान तीब्र गतिमा अघि बढी रहेको छ ।  

नेपालमा वि.सं. २०३५ सालमा कण्डम, ब्रान्ड नाम “ढाल” राखेरविक्री वितरण गर्न थालियो । त्यसपछि अनेकौ नाममा नेपाली वजारमाकण्डम आउन थाले । कण्डमको गुण र स्तरको आधारमा मूल्य पनिफरक फरक पाइन्छन् ।

कण्डम लेटेक्स सिन्थेटिक रबरबाट निर्मित खोल हो जसलाई  पुरुष वा महिलाले “यौन सम्पर्क” को बेला परिवार नियोजनको अस्थायीसाधनको रुपमा तथा एड्स तथा यौनजन्य रोगहरु बच्न प्रयोग गर्छन् । 

महिला कण्डममा दुईतिर रिङ्ग हुन्छन् । एउटा रिङ्ग पाठेघरकोमुखमा टाँसिन्छ भने अर्को रिङ्ग बाहिर योनी मुखमा रहन्छ । महिलाकण्डमहरु प्रयोग गर्न अलि गाह्रो र खर्चिलो हुन्छ तर पनि यसको प्रयोगबढ्दै गइरहेको पाइन्छ ।

कण्डम प्रयोगका फाइदाहरु
१. गर्भधारण रोक्न -
 साधारणतया कण्डम प्रयोग गर्दा १०–१८ प्रतिशतप्रतिवर्ष गर्भवती हुने गरेको पाइन्छ भने एकदम सही प्रयोग गर्दा पनि २प्रतिशत प्रतिवर्ष गर्भवती हुने गरेको तथ्याङ्क छ । त्यसैले कण्डमलेशतप्रतिशत गर्भधारण गर्भबाट नरोक्न पनि सक्दछ ।

२) यौन तथा एचआइभी एड्स रोक्न- कण्डमको प्रयोग हुन थाले पछिपुरुष र महिला दुवैमा योनजन्य रोगहरुको संक्रमण घटेर गयो । तरकण्डमको प्रयोगले शत प्रतिशत यौन/एड्स रोक्छ भन्ने धारणा एकदमगलत हो । यौनाङ्गमा यदि सक्रिय रोग छ भने त्यस भागलाईकण्डमले नढाकेको हुन सक्दछ जसवाट थुप्रै रोग सरेको भर्खरै गरेकोअध्ययनबाट पत्ता लाग्दै छ ।
३) सुरक्षित अनुभव गराई यौन उन्माद बढाउँछ ।
४) सफा अनुभूति गराउँछ ।
५) सामाजिक प्रतिष्ठा घट्न दिँदैन ।
६) क्यान्सर हुनबाट जोगाउँछ ।

कण्डम प्रयोगका वेफाइदाहरु
१)
 यौन आनन्दमा कमी

२) गर्भधारण हुन नदिने  

३) मूल्य तिर्नुपर्ने

४) खस्कने र फुट्ने सम्भावना  

५) कसै कसैलाई एलर्जी हुन्छ । 

एक अध्ययनले कण्डममा हुने हानिकारक रसायनले क्यान्सर र बाँझोपनको जोखिम बढाउने देखाएके छ।

पर्यावरण संरक्षण एजेन्सीद्वारा एउटा अध्ययन गरिएको थियो, जसले धेरै राम्रा र प्रसिद्ध ब्रान्डका कन्डम र लुब्रिकेन्टहरूले हानिकारक रसायन प्रयोग गरेको उल्लेख गरेको छ । अध्ययनअनुसार तिनीहरूलाई बनाउनमा ‘पीएफएस’ १५ हजार सिंथेटिक रसायनहरूको समूह प्रयोग गरिन्छ । यी रसायन धेरै ब्रान्डका अल्ट्रा–थिन कन्डम र जेली लुब्रिकेन्टहरूमा पाइने पुष्टि भएको छ । ‘पीएफएस’सामान्यतया कन्डमहरूमा तिनीहरूको नरमपना र तरलता कायम राख्न प्रयोग गरिन्छ ।

‘पीएफएस’मा गरिएका केही अध्ययनअनुसार यसको एक्सपोजरले क्यान्सरको जोखिम पनि बढाउँछ ।  कहिलेकाहीं यसले अण्डकोषको क्यान्सरका साथै मिर्गौलाको क्यान्सर पनि निम्त्याउन सक्छ । कतिपय अवस्थामा यसको अत्यधिक प्रयोगले बाँझोपनसम्बन्धी समस्या पनि निम्त्याउन सक्ने अध्ययनले देखाएको छ । साथै यस रसायनको एक्सपोजरले प्रोस्टेट क्यान्सरका साथै स्तन क्यान्सरको जोखिम बढाउँछ । इन्डोमेट्रियल क्यान्सर बाहेक यसले थाइरोइड क्यान्सर पनि निम्त्याउन सक्ने पाइएको छ ।

‘पीएफएस’ले गर्ने अन्य हानि
कण्डम तथा लुब्रिकेन्टमा हुने यी रसायनको सम्पर्कमा आएर पुरुष र महिला दुवैमा विभिन्न समस्या निम्तन सक्छ । विज्ञहरूका अनुसार हप्तामा दुई पटकभन्दा बढी कण्डमको प्रयोग गरेमा योनीको भित्री तह र झिल्लीमा रहेको संवेदनशीलता बिस्तारै गुम्न थाल्छ । जसकारण महिलाको योनीबाट तरल पदार्थको स्राव कम हुन्छ वा पूर्ण रूपमा बन्द हुन्छ, जसले योनीमा दुखाइ वा सुक्खापन निम्त्याउन सक्छ ।

विज्ञहरूका अनुसार‘पीएफएस’को एक्सपोजरले शुक्राणुको संख्यालाई असर गर्छ, जसले बाँझोपन निम्त्याउन सक्छ । ‘पीएफएस’ को एक्सपोजरले कलेजो क्षतिको साथै थाइराइड समस्या निम्त्याउन सक्छ ।

यो केमिकलले कहिलेकाहीं रोगप्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउनुका साथै अन्य समस्या पनि निम्त्याउन सक्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत