माला जप्नुको अर्थ ! के हुन्छ माला जप्दा ?
- लामा सांगे लेग्देन भूपेन
- २४ असार सोमबार, २०८१ | १४:२८:०० मा प्रकाशित

काठमाडाैं । बुद्ध धर्मको त्री शिक्षा अन्तरगत विनय पिटकको शील तथा शरणगमनै (मोक्ष) निर्वाण प्राप्तिको पहिलो पाईला हो । यो अति महत्त्वपूर्ण अमूल्य शिक्षाको सबैले घरायसी अभिभारा सामाजिक दायित्व व्यस्तता आदि कारणले, बुद्ध शिक्षा हुबहु अनुसरण गर्न नसक्नेहरुको लागि बुद्धको उत्कृष्ट शिष्य अर्हत बोधिसत्वहरुले प्राणी प्रत्येकको इन्द्रिय क्षमता अनुसार शील हुँदै ध्यान प्रज्ञामा निर्वाण प्राप्तिको अनेक उपायहरु सिकाउनु भएको छ ।
जसअनुसार माला जप्नु पनि एक उपाय हो । माला जपमा व्यस्त हुनाले शीलको नम्रता अन्तरगत, अप्रिय बचन व्यर्थको गफमा अरुको कुरा काटने निन्दा चुक्ली लगाउने असत्य झुठो बोल्ने जस्तो कुकर्मको रोकथाम हुन्छ ।
बुद्ध भोजन तथा बोधिसत्वको जप मन्त्रमा व्यस्त हुदा अष्टांगिक मार्गको सम्याक (वाक) वचन सम्याक कर्मान्त आदिमा प्रेरित हुने तरिका हो भोजन तथा माला जप्ने विधि ।
माला जप्ने बेला बुद्ध बोधिसत्व प्रतिको आस्था श्रद्धाको कारण नकारात्मक सोच व्यवहारमा कमि आउदै त्यो भक्ति श्रद्धामा करुणा मैत्रीभावको विकास भइ सम्याक आजीविका सम्याक स्मृति सम्याक समाधि ध्यान पनि हुने हुँदा यो अष्टांगिक मार्ग अन्तरगत पनि पर्दछ ।
बुद्धम शरणम गच्छामी
धर्मम शरणम गच्छामी
संघम शरणम गच्छामी
शरणगमनको यो पाठलाई हिमालय भाषामा (क्याब्डो) भन्छन् यो पाठ मात्रै आफ्नै भाषामा हिमाली बुद्धिष्टहरु पहिलो चरणमा कम्तीमा पनि एक लाख जपेर क्रमश: बुद्ध अनि आर्यलोकेश्वर गुरु पद्म सम्भंवको जप लाखौं करोडौं जप्छन् जीवन भरिमा ।
अनि बुढेसकालमा समय कटाउने उत्तम विकल्प पनि हो माला जप्ने प्रथा ! अहिले नेपालको पहाडी र तराई क्षेत्रमा प्रायः घरमा बूढाबूढी गनगन र किचकिच धेरै गरेको भन्दै छोराछोरी नाति नातिनाको बोझ भएर घर झगडा अशान्ति र छोराछोरीले हुँदाहुँदै बृद्धाआश्रम सम्म पुर्याएको देख्छौँ ।
तर हिमािलि क्षेत्रतिर घरमा चुपचाप बसेर श्रद्धा आस्थामा माला जप्नेहरुको घरमा मेलमिलाप शान्ति बृद्ध अवसथाका बा-आमाको राम्रो हेरचाह भएको देखिन्छ ।
जपतप एक ध्यान पनि हुनाले ध्यानले मानसिक तनाव कम गरि हाम्रो दैनिकी र स्वास्थ्यमा पनि फाइदा हुन्छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
- तपाईंकाे ऋण छ अनि कसरी तिर्ने तनावमा हुनुहुन्छ ?
- राप्रपाले बिराेध नगरेकाे संविधान दिवस
- आज जनैपूर्णिमा पर्व मनाइँदै, यी हु्न् जनै धारण गर्नाले शरीरमा हुने फाइदा
- जनै खटिरा किन र कस्ता मानिसलाई आउँछ, के छ उपचारकाे उपाय ?
- कण्डमबारे राेचक इतिहास र यस्ता छन् फाइदा/बेफाइदा
प्रतिकृया दिनुहोस