कला

बेग हानी गाको मा अन्तर्जातीय प्रेम कथा सार्वजानिक

 काठमाडौँ । इन्दिरा जोशीको बेग हानी गाको मा अन्तर्जातीय प्रेम कथा सार्वजानिक भएको छ । बेग हानी गाको गीत श्रीकृष्ण बम मल्लले लेखेका हुन्। यसको संगीतमा प्रतिष्ठित ब्यान्ड कुटुम्बले साथ दिएका छन्। गीतको संगीत संयोजन योगेश काजीको रहेको छ।

अलेन श्रेष्ठको निर्देशन रहेको उक्त गीतमा माला र कुमार पात्रको अन्तर्जातीय प्रेम कथालाई समेटिएको छ ।

भिडिओमा कर्मा, कविता आले, विनोद भट्टराई र मिश्री थापाले अभिनय गरेका छन्। भिडिओमा गायिका इन्दिरा पनि मुख्य भूमिकामा देखिएकी छन्।

भिडिओलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। यसमा रबिन श्रेष्ठले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्।

नेपाली समाजमा उपल्लो जात र तल्लो जात भनेर वर्ग छुट्याइएको छ। यति मात्र होइन, पानी नचल्ने जात भन्दै यहाँ मान्छेले मान्छेलाई शोषण गरिरहेका छन्। भिडिओको कथामा यो देखाइएको छ। अन्तिम समयसम्म मायामा बाधिँएका ुतल्लो जातुको कुमार र ुमाथिल्लो जातुकी माला सँगै हुन खोज्छन्। तर मालाको परिवार र गाउँले यो सम्भव हुन दिदैँन।

अन्तर्जातीय प्रेम कथा देखाउँदै भिडिओ गाउँको परिवेशमा तयार भएको पारिएको छ । बेग हानी गाको आइतबार गायिका इन्दिरा जोशीको आधिकारिक युट्युब च्यानल इन्दिरा जोशीबाट सार्वजनिक भएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत