भिडिओ

'उनको हात मेरो सिरानी' सार्वजानिक (भिडियोसहित)

काठमाडौँ  । चर्चित गायक प्रमोद खरेलको स्वर र महेश खड्काको संगीत रहेको गीत ‘उनको हात मेरो सिरानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार रमेश घिमिरेको शब्द रचना र महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा नायिकाहरु लक्ष्मी बर्देवा, दिना घिमिरे र गीतकार रमेश घिमिरेको  अभिनय रहेको छ ।

उक्त गीतको भिडियोलाई प्रीन्स्पन कार्कीले निर्देशन गरेका छन् ।

भिडियोमा नरेश ऐरको सिनेमाटोग्राफी र नबिन निरौलाको सम्पादन रहेको छ ।

‘प्रीसन्सा हाउस अफ प्रोडक्सन’ नेपाली संगीतको सम्बर्द्धनको लागि स्थापना गरिएको हुँदा आगामी दिनहरुमा राम्रा राम्रा आधुनिक, डान्सिङ गीत र लभ भर्सनका गीतहरुको अडियो र भिडियोको निर्माण गरिने सञ्चालकले बताएका छन्  ।


 

गाउँ सहर डेस्क

तपाईँको मत