कला

अनुष्काले छोरीको पहिलो फोटो सेयर गर्दै नाम सार्वजानिक गरिन्

काठमाडौँ । अनुष्का शर्माले आफ्नी नवजात छोरीको पहिलो फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । उक्त फोटोमा भर्खरै आमाबुवा बनेका अनुष्का र विराट कोहलीले छोरीलाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । 

अनुष्काले आफ्नो पोस्टमा छोरीको नाम पनि सार्वजनिक गरेकी छन् । साथै उनले शुभकामना दिने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । उक्त फोटोमा कोहलीले लेखेका छन्, ‘मेरो पूरा संसार एउटै फ्रेममा ।’

अनुष्काले क्याप्सनमा लेखेकी छन्, ‘हामी प्रेम र आभार सहित बसिरहेका छौँ तर सानी वामिकाले हामीलाई भिन्न स्तरमा ल्याइदिएकी छन् । आँसु, हाँसो, चिन्ता परम सुख । यी सबै भावनाको अनुभव हामीले एक पलमा नै गर्यौं । हाम्रो निद्रा गायब छ तर मुटु भरिएको छ । तपाईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’

अनुष्काले गत जनवरी ११ तारिखमा छोरीलाई जन्म दिएकी हुन् । विराटले सोसल मिडियामा यसबारे जानकारी गराएका थिए । साथै आफ्ना प्रशंसकलाई निजताको सम्मान गरिदिन आग्रह समेत गरेका थिए । उनीहरूले पापाराजीलाई उनीहरुको छोरीको फोटो नखिचिदिन आग्र समेत समेत गरेका थिए । 

गाउँ सहर डेस्क

तपाईँको मत