प्रेरणा

माता-पिताको सानो  गल्तीको मूल्य बच्चाले जीवनभर चुकाउनु पर्ने हुनसक्छ

काठमाडौँ । महाभारतमा अर्जुन र सुभद्रा पति-पत्नी थिए । सुभद्रा श्रीकृष्णको बहिनी थिइन् । जब सुभद्रा गर्भवती थिइन्, तब एक दिन अर्जुन चक्रव्यूह भेदनको विधि बुझाइरहेका थिए । गर्भमा हुर्किरहेको शिशुपनि यो विधि सुनिरहेका थिए ।

अर्जुनले चक्रव्यूहको आधा विधि बताइसकेका थिए, तब सुभद्रलाई निन्द्रा आयो । आमालाई निन्द्रा आएको कारण गर्भमा हुर्किरहेको शिशुले बाँकी विधि जान्न पाएनन् । जब ति शिशुको जन्म भयो उनको नाम अभिमन्यु राखियो ।

काैरब र पाण्डवबीचको युद्धको १३ औँ दिन द्रोणाचार्यले चक्रव्यूहको रचना गरेका थिए । यो व्यूहलाई केवल अर्जुन भेदन गर्न सक्दथे । तर, सो समय अर्जुन कसैसँग युद्ध गरिरहेका थिए । तब युधिष्ठिरले अभिमन्युसँग भने- तिमी यो चक्रव्यूह भेदन गर्न सक्छौ ?

अभिमन्युले भने- सक्छु तर फर्कने विधि थाहा छैन । किनकी मेरा पिता चक्रव्यूह विधि सुनाइरहेका थिए तब मातालाई निन्द्रा लाग्यो ।

युधिष्ठिरले भीम र अन्य योद्धा अभिमन्यूको मद्यतको लागि पठाए । अभिमन्यु चक्रव्यूह भेद गरेर भित्र प्रवेश गरे, तर भीम र अन्य योद्धालाई जयद्रथले बाहिरै रोके । चक्रव्यूहमा अभिमन्यु एक्लै फँसेर मारिए ।

यसकारण सन्तानलाई हुर्काउने क्रममा आमाबुवालाई एकदमै सतर्क रहनु पर्दछ । अर्थात लापरवाही गरिनुहुन्न । सानो मात्र गल्तीले भविश्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत