गाउँ सहर

डीआईजी अर्जुन चन्दको राजीनामा हाेइन बिदा स्वीकृत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ ।

राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

चन्दले शुक्रबार राजीनामा दिएका थिए । विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले  प्रहरीलाई दोषी देखाएपछि असन्तुष्ट बनेका चन्दले राजीनामा दिएका थिए ।

उनलाई १० दिन बिदा दिइएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो ।

यस्तै एक एआईजीले अहिले राजीनामा दिँदा डीआईजी चन्द र संगठनलाई पनि राम्रो नहुने भएकाले राजीनामा नदिन भनिएको छ। चन्दको बिदा भने स्वीकृत गरेको छ ।

विमानस्थलमा कर्मचारी र प्रहरीबीच भएको कुटपिट प्रकरणपछि डीआईजी चन्दले गएको शनिबार राजीनामा दिएका थिए। यद्यपी, उनले व्यक्तिगत कारणले राजीनामा दिएका बताएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत