अर्थतन्त्र

मर्जर हल्ला मात्रै हो : सिद्धार्थ बैंक

काठमाडौं । सिद्धार्थ बैंकले आफू अन्य कुनै बैंकसँग मर्जरमा जान नलागेको कुरा हल्ला मात्रै भएको जनाएको छ । बैंकले सूचना जारी गर्दै आफू कुनै पनि बैंकसँग मर्जरमा जान नलागेको जनाएको हो । 

केही सञ्चार माध्यममा बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थाबीच मर्जरमा जान लागेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सिद्धार्थ बैंक नबिल बैंकसँग मर्जरमा जान लागेको भन्ने चर्चा निकै रहेको छ । दुवै बैंक मर्जर हुन लागेको भनेर बिहीबार सिद्धार्थ बैंकको सेयर मूल्य प्रति कित्ता १६ रुपैयाँका दरले बढेर ३८८ रुपैयाँ पुगेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत