गाउँ सहर

मर्जरपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स अब अझ बृहत, सबल र बिशाल

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सफल मर्जरको भव्य समुद्घाटन गरेको छ । 

मंगलबार नयाँ बानेस्वरस्थित होटल एभरेष्टमा विशेष समारोहका गरि मर्जर कार्यक्रम गरेकाे हाे । 

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो ।

असारमा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतीका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको हो ।

मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी रु. ४.५४ अर्ब पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ ।

एकीकृत कारोबार पश्चात सूर्यज्योतिको जीवन बीमाकोष रु २२ अर्ब, लगानी रु. २८ अर्ब र कुल शाखा संख्या १८१ पुगेको छ भने कुल कर्मचारीको संख्या ६७५ पुगेको छ ।

एक उज्जवल सुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत, अझ सवल र अझ विशाल उपस्तिथी सूर्यज्योतिको हुनेछ । सूर्य र ज्योतिमा सात रंग भएझैं सूर्यज्योति पनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिवद्ध, समय र उर्जाका साथ एकभई अगाडि बढ्ने कम्पनीको अठोट रहेको छ । 

उद्घाटन समारोहलाई संबोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललले तोकिएकै समयमा सफलतापूर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

उनले कम्पनीको यस उपलब्धीलाई स्वणर् अक्षरमा लेखिने प्रतिकृया दिएका थिए । जीवन बीमा क्षेत्रमा सूर्यज्योतिले ट्रेण्ड सेट गरेको भन्दै उनले यस उपलब्धीले अन्य कम्पनीहरुलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए ।

साथै अध्यक्ष सिलवालले जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र कम्पनीले नयाँ इतिहास रचेकोको बताएका छन् ।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टाइले मर्जरका लागि जति जटिल हुन्छ भनेर सोचिएको थियो सोचे अनुसार जटिल नभएको बताए ।

मर्जरकका क्रममा दुबै पक्षले निष्पक्ष रुपमा काम गरेको हुँदा समस्या नपरेको समेत उनले प्रष्ट पारे ।

अध्यक्ष भट्टराईले यो मर्जर सफल बनाउन अहम भूमिका खेल्नुहुने सम्पूणर् सरोकारवालाहरु, कर्मचारीहरु, मार्ग निर्देश गर्नुहुने बिमाप्राधिकरण तथा शेयरधनी महानुभावहरुलाई धन्यवाद व्यक्त  गरे ।

मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।

दुबै कम्पनीको एक्चुरीयल मूल्याङ्कन, लेखापरीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रष्ट पारे ।

सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्व कम्पनी र ५ बर्षको छोटो समयमै आफूलाई अव्वल साबित गरेको ज्योतिलाइफ कम्पनीबीच भएको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ ।

मर्जपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्ने र कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको सीईओ खत्रीले बताए । 

सिटिजन लाइफ इन्स्योरेन्सका सीईओसमेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, सगरमाथा इन्स्योरेन्सका सीईओसमेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले, कम्पनीको प्रगति तथा सफलताको कामना दिनुका साथै आ-आफ्ना तर्फबाट शुभकामना व्यक्त गरे ।

साथै कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले नामजस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन ।

कम्पनीले एकिकृत कारोबार सुभारम्भ भएको दुई दिनमै एक हजार भन्दा धेरै पोलिसी जारी गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत