प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले मर्जर प्रक्रिया पूरा
- गाउँ सहर संवाददाता
- २७ असार बुधबार, २०८० | १२:५४:०० मा प्रकाशित

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले मर्जर प्रक्रिया पूरा गरी असार २९ गतेदेखि एकीकृत कारोबार शुरू गर्दैछन् ।
२०७९ असार ३० गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीले एक वर्षमा एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव गत जेठ २६ गते सम्पन्न अलगअलग वार्षिक साधारण सभाबाट पारित गरेका थिए ।
यी कम्पनीहरूलाई मर्जरका लागि नेपाल बीमा प्राधिकरणले जेठ २९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १८ गते स्वीकृति प्राप्त भएको हो । नेपाल धितोपत्र बोर्डले भने असार २६ गते मर्जरका लागि स्वीकृति दिएसँगै कम्पनीहरू एकीकृत कारोबार शुरू गर्न जुटेका हुन् ।
यी कम्पनीहरूले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू गर्न लागेको जानकारी कम्पनीहरूले दिएका छन् । एकीकृत कारोबारका लागि असार २९ देखि ३१ गतेसम्म सम्पूर्ण सेवा बन्द हुने जानकारी समेत कम्पनीले दिएको छ ।
हाल प्रभु लाइफको चुक्ता पूँजी रू. २ अर्ब १९ करोड ६० लाख छ भने महालक्ष्मी लाईफको रू. २ अर्ब १० करोड छ । यी दुई कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस