जीवन बीमा क्षेत्रमा सफल मर्जरको इतिहास रच्दै सूर्यज्योति अब अझ बृहत्, अझ सबल, अझ विशाल
- गाउँ सहर संवाददाता
- ७ पौष बिहीबार, २०७९ | १८:३८:०० मा प्रकाशित
काठमाडाैँ । सूर्या लाइफ र ज्योति लाइफ मर्जर पश्चात आज २०७९ पौष ७ गते देखि संयुक्त कारोबार को शुभारम्भ गर्दै एक उज्वल सुरुवात गरेको छ । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ७ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।
सूर्यज्योति लाईफ इन्स्योरेन्स क.लि. को नाम मा कारोबार भए संगै सो कम्पनीको रजिस्टर्ड कार्यालय बिराटनगरमा भए संगै केन्द्रीय कार्यालय भने शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको छ । कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई चयन भएका छन् । साथै प्रकाश बिक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् ।
मर्जर पश्चात सूर्यज्योतीको कुल चुक्ता पुँजी रु.४ अर्ब ५४ करोड र कुल लगानी रु.२८ अर्ब भन्दा बढी पुग्ने पुग्नुका साथै दुई कम्पनीको आ.व. २०७९/८० को पहिलो त्रैमासिक सम्मको कुल जीवन बीमाकोश रु.२२ अर्ब , कुल बीमाशुल्क रु.२ अर्ब २७ करोड भन्दा बढी तथा नाफा भने रु.४२ करोड पुगेको छ।
बीमा क्षेत्रमा सूर्या लाईफले एक दशक भन्दा बढी समयदेखि उल्लेखनीय सेवा प्रदान गरि आफूलाई एक बृहत् कम्पनीको रुपमा प्रस्तुत गरिरहेको थियो भने ज्योति लाईफले भने स्थापना देखि छोटो समयमा नै विश्वासनिय सेवा दिँदै आफूलाई एक सबल कम्पनीको रुपमा चिनाई रहेको थियो । आजको मितिमा आइपुग्दा कम्पनीको कुल कर्मचारी संख्या करिब ७००, कुल अभिकर्ता संख्या करिब ७५००० भन्दा बढी, प्रोडक्ट संख्या १५ संगै देशभर सात प्रदेशमा १८१ शाखा हरु बाट १३ लाख भन्दा बढी बीमिंत लाई सेवा दिंदै सूर्यज्योती विशाल कम्पनी भएको छ ।
मर्जरका क्रममा देखिएका सम्पुर्ण कठिनाइलाई एक पछि अर्को गर्दै आपसी सहमतिमा टुङ्ग्याउँदै मर्जर पश्चात सूर्यज्योति दोस्रो ठूलो कम्पनी बनेको र हरेक सूचकमा अब्बल रहेको कुरा जानकारी गराउँदै आगमी दिनमा यो भन्दा माथि पुग्ने जानकारी ले जानकारी दिएको छ ।
सूर्यज्योती लाईफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाईफ र ज्योति लाईफ इन्स्योरेन्सको रुपमा सेवा प्रदान गरिरहेका दुई कम्पनी एतिहासिक सफल मर्जर पश्चात एक बनेर सूर्यज्योति लाइफ अब अझ बृहत्, अझ सबल, अझ विशाल रुपमा बीमा क्षेत्रमा उभिएको जानकारी गराए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस