स्वास्थ्य

विश्वभर २ कराेड १४ लाखमा काेराेनाभाइरस सक्रिय, १७ लाख बढिले ज्यान गुमाए

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १४ लाख १९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड ४५ लाख ७८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७ करोड ७७ लाख ६ हजार नाघेको छ भने मृतकको संख्या १८ लाख ८ हजार ४०९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार २४९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ८४ लाख ७३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख २६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ८ लाख २ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७३ लाख ४४ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ७५ हजार ४२२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४६ हजार १४५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९६ लाख ३५ हजार ६१४ जना निको भएका छन् । सक्रिय केस २ लाख ९३ हजार ६६३ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७२ लाख ६४ हजार जना संक्रमितमध्ये ६२ लाख ८६ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ८७ हजारभन्दा बढी छन् । हाल ७ लाख ८९ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ५४ हजार ५१४ जना पुगेका छन् भने २ लाख ४४ हजार ७४३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ७९५ पुगेको छ भने ७ हजार ९७६ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत