स्वास्थ्य

विश्वभर काेराेनाबाट ७ कराेड ४५ लाख संक्रमित, साँढे १६ लाखकाे मृत्यु, ५ कराेड २३ लाख जना निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५ लाख ८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड २३ लाख ६३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७ करोड ४५ लाख २६ हजार नाघेको छ भने मृतकको संख्या १६ लाख ५५ हजार ४४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ७ हजार ५२५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ७३ लाख ९२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख १४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड १ लाख ७० हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६९ लाख ७ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९९ लाख ५१ हजार ७२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४४ हजार ४८५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९४ लाख ८९ हजार १४३ जना निको भएका छन् । सक्रिय केस ३ लाख १७ हजार ४४२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७० लाख ४२ हजार जना संक्रमितमध्ये ६१ लाख ३२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ८३ हजारभन्दा बढी छन् । हाल ७ लाख २६ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ५० हजार ९१६ जना पुगेका छन् भने २ लाख ३८ हजार ५६९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ७४३ पुगेको छ भने १० हजार ६०४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत