पछिल्लाे २४ घण्टामा १३६ जनामा काेराेना सङ्क्रमण पुष्टि, ११ जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत
- गाउँ सहर संवाददाता
- १ बैशाख शुक्रबार, २०८० | १६:२४:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लाे २४ घण्टामा एक सय ३६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार चार सय २४ जनाकाे नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यही अवधिमा ६८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले सक्रिय सङ्क्रमितकाे सङ्ख्या चार सय एक रहेकाे पनि मन्त्रालयले जनाएकाे छ । २४ घण्टामा ६४ हजार आठ सय ५७ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका छन् ।
यस्तै काठमाण्डाै उपत्यकामा रहेका सङ्क्रमितमध्ये ३२ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
केही दिनयता नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण बढिरहेकाे छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डकाे पालना गर्न र काेराेनाविरुद्धकाे खाेप लगाउन मन्त्रालयले आग्रह गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
प्रतिकृया दिनुहोस