थप एकजना काेराेना संक्रमितको मृत्यु, ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत
- गाउँ सहर संवाददाता
- ९ बैशाख शनिबार, २०८० | १८:०९:०० मा प्रकाशित
काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार १४८ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ७८ को नतिजा पोजिटिभ आएको हो । २२४ नमुनाको पीसीआर परीक्षण गर्दा २० र ९२४ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५८ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ५० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९० हजार १४७ पुगेको छ ।
हाल देशभर २५ संक्रमित आइसोलेसनमा छन् । अस्पतालमा रहेका कोरोना संक्रमितमध्ये सात आईसीयू र तीनजना भेन्टिलेटरमा उपचाररत छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३८३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस