खनिज उत्खनन्मा सरकारको ध्यान कहिले जाला ?
- शिवराज खड्का
- २५ फाल्गुण शुक्रबार, २०७४ | ११:३३:०० मा प्रकाशित

प्राकृतिक स्रोत साधनले सम्पन्न मुलुक भएर पनि विभिन्न कच्चा पदार्थदेखि खाद्यान्नसम्म परनिर्भरताले हामीलाई गाँजिरहेको तितो यथार्थ छ । हामी खनिज तथा जलस्रोत लगायत प्राकृतिक सम्पदा र विविधताका हिसावले धनी मुलुकमा गनिन्छौं तर खोज अनुसन्धान, अन्वेषण, प्रविधिको अभावले माल पाएर पनि चाल नपाए जस्तो भइरहेको छ ।
नेपालमा चुनढुंगा, मार्बल, खरी, जिङ्क, फलाम, सुन, रत्नपत्थर, अभ्रक, सीसा, ग्राभेल, तामा, कोइलादेखि पेट्रोलियम तथा प्राकृतिक ग्याँस तथा अर्बौ रुपैंया आम्दानी गर्न सकिने युरेनियम जस्ता अनेकौं खनिज पदार्थहरु भण्डारण रहेका छन् । जसको अध्ययन, अन्वेषण पनि भएका छन तर व्यवसायिक रुपमा यसको उद्योग स्थापना हुन सकेको छैन । परापूर्वकालदेखि नै विभिन्न ठाउँहरुमा तामा, फलाम जस्ताका धाउहरुबाट उत्पादन स–साना घरेलु उद्योेग सञ्चालनमा थिए । अझै देशका विभिन्न ठाउँहरुमा खनिज निकालेर बनेका सुरुङ्ग तथा खानीस्थलहरु भेट्न सकिन्छ । जसको कुनै संरक्षण र खोजी भएका छैनन् । नदी र पहाडमा भएको सुनको राम्ररी अध्ययन अनुसन्धान भएका छैनन् ।
वि. संं. २०३३ सालमा नेपालमा पहिलोे पटक काठमाण्डौको चोभारस्थित चुनढुंगा खानीमा आधारित हिमाल सिमेण्ट कम्पनीको स्थापना भएको पाइन्छ । त्यसपछि कृषि चुन उद्योग, हेटौडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, नेपाल ओरेण्ट म्याग्नेसाइट, नेपाल मेटल कम्पनी जस्ता खानी उद्योगहरुको स्थापना भएको पाइन्छ । खानी तथा भूगर्भ विभागका अनुसार चोभार, धनकुटा, मोरङ, चितवन, तनहुँ, धादिङ्ग, मकवानपुर लगायत जिल्लाहरुमा चुनढुंगा पाइन्छ भने बन्दीपुर, वागमती, गण्डकी, लुम्बिनी, जनकपुरमा स्लेट भेटिएका छन् । प्युठान, दैलेख, मुक्तिनाथ, दाङ्गमा पेट्रोल पाइएको छ । रुवी र नीलमको खानी धादिङ्गमा भएको अनुसन्धानबाट खुलेको छ ।
रापूर्वकालदेखि नै विभिन्न ठाउँहरुमा तामा, फलाम जस्ताका धाउहरुबाट उत्पादन स–साना घरेलु उद्योेग सञ्चालनमा थिए । अझै देशका विभिन्न ठाउँहरुमा खनिज निकालेर बनेका सुरुङ्ग तथा खानीस्थलहरु भेट्न सकिन्छ ।
फुलचोकी, ठोसबाट त फलाम उत्खनन् गरी प्रयोगमै ल्याइएको धेरैलाई थाहै छ । महाभारत पर्वतमा मार्वल भेटिएको छ भने नेपालको खानीजन्य उद्योगमा गोदावरी मार्वल उद्योगलाई नमूनाको रुपमा लिन सकिन्छ । माथिल्लो मुस्ताङ्गको लोमान्थाङ क्षेत्र, मकवानपुर धियालको तीनभंगाल, चिरुवा खोला र चाँदे खोला, काठमाण्डौको जगते, बझाङ्गको सेनगढ, देवलेक, लाङटाङ हिमाल लगायत सिन्धुली, चितवन, बैतडी, बार्जुरा, दार्चुलामा युरेनियमको प्रशस्त सम्भावना रहेको विभिन्न अनुसन्धानहरुबाट खुलेको छ । जसलाई उत्खनन गर्न सके खर्बौ डलर आर्जन सजिलै हुने अनुसन्धानमा संलग्न विज्ञहरु बताउँछन् । युरेनियम निकै महँगो खनिज हो जसको मूल्य सूनको भन्दा झण्डै ४ हजार गुणा भन्दा बढी छ । यसको प्रयोग उर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा हुन्छ । आफ्नै वरीपरीका बहुमूल्य धातुलाई कुल्चेर कस्तुरी आफ्नै नाभीको वास्ना खोज्दै अन्यत्र दोडिए झैं हामि पनि आयातित धातुमा हीरा र मणि खोजिरहेका छौं ।
नेपालमा खनिजजन्य पदार्थहरुको अन्वेषण, खोज, उत्खननका लागि खानी तथा भूगर्भ विभागले हेर्ने गर्दछ । जसले खानी तथा खनिजहरुको अध्ययन, अन्वेषण, मूल्यांक तथा उद्योग प्रवद्र्धन गर्ने, पेट्रोलियम तथा प्राकृतिक ग्याँस अन्वेषण र प्रवद्र्धन कार्यहरु गर्दछ । खोजतलास तथा उत्खननका लागि अनुमतिपत्र सबैभन्दा बढी चुनढुंगा त्यसै गरी सुन, खरी, क्वार्जाइट सिलिका स्याण्ड, पत्थर, कोइला, तामा खानिहरुका लागि प्रमाणपत्र लिने अग्रस्थानमा छन् । ति मध्ये अधिकांशको प्रगति शून्य प्रायः भए पनि लाइसेन्स भने नविकरण गर्दै आएका छन् ।
लाइसेन्स ओगटेर ठूला कम्पनीहरुलाई बेचेर कमाउ धन्दा गर्नेहरुको संख्या ठूलै छ । विदेशी कम्पनीहरुसमेत अन्वेषण र उत्खननको अनुमति लिएर काम नगरि बसेका छन् । लाइसेन्सको शुल्क न्यन र खानी तथा भूगर्भ विभागलाई प्रभावमा परेर भएर पनि खानी ओगट्नेहरुको संख्या बढ्दो छ ।
विभागले खानी अन्वेषण र उत्खननका लागि दुई चरणमा अनुमतिपत्र दिन गर्छ । अन्वेषण अनुमति लिनेले धातु खनिजको भए चार वर्ष र अधातु खनिजका लागि दुई वर्षभित्र काम सक्नुपर्छ । तर एउटै व्यक्ति र परिवारले अन्वेषण र उत्खनन्को दर्जनसम्म लाइसेन्स ओगटेको भेटिन्छन् । लाइसेन्स ओगटेर ठूला कम्पनीहरुलाई बेचेर कमाउ धन्दा गर्नेहरुको संख्या ठूलै छ । विदेशी कम्पनीहरुसमेत अन्वेषण र उत्खननको अनुमति लिएर काम नगरि बसेका छन् । लाइसेन्सको शुल्क न्यन र खानी तथा भूगर्भ विभागलाई प्रभावमा परेर भएर पनि खानी ओगट्नेहरुको संख्या बढ्दो छ । लाइसेन्स मात्र ओगटने कम्पनीहरुलाई कारबाही गर्न नसक्दा एकातिर राज्यको राजश्व गुमिरहेको छ भने खनिज उत्खननको सम्भावना पछाडी धकेलिइरहेको छ ।
विभागकै भूगर्भविदहरुसँगको मिलेमतोमा खानी दर्ता बिक्रि भइरहेका छन् । विशेष गरेर सुन, चुनढुंगा, फलाम, रत्नपत्थरका झोले लाइसेन्स ओगटेर बिक्रि गर्ने धन्दा फस्टाएकोे बताइन्छ । देशभित्र खुलेको सिमेन्ट उद्योग र भित्रिएको विदेशि लगानीले पछिल्ला बर्षमा चुनढुंगाका खानी ओगट्नेको संख्या पनि ह्वात्तै बढेको देखिन्छन् ।
खनिज पदार्थको दृष्टिले नेपालको भू–भाग अब्बल भएपनि उत्खननमा साधनस्रोतको कमी, प्रविधि तथा प्राविधिकहरुको अभाव र भौगोलिक विकटता, भौतिक पूर्वाधारको कमि, विभिन्न निकायका ऐननियम समयसापेक्ष नहुनले पनि समस्या परिरहेको छ । कुल ग्राहस्थ्य उत्पादनमा खानी क्षेत्रको योगदान एक प्रतिशत भन्दा पनि कम रहेको छ ।
खनिज पदार्थ खोजी गर्न र उत्खनन गर्ने संस्थाहरु भित्रिरहेका छन् । उत्खनन क्षेत्रमा राज्यसँग भए अनुसारका सम्झौता कार्यान्वयनमा राज्यले कानूनी प्रावधान स्पष्ट र कडाईकासाथ लागू गर्नसक्नुपर्दछ । खानी तथा खनिज अन्वेषण, अध्ययन, सर्वेक्षण, तालिम, प्रविधि, उद्योगको प्रवद्र्धन, सञ्चालित खानीहरुको निरिक्षण, अनुगमन, भूवातावरणीय अध्ययन, विकास तथा सञ्चालन गर्न आवश्यक ऐन नियमहरु समय सापेक्ष बनाउन सुधार गर्दै लैजानुपर्ने खाँचो छ । जसले खनिज उत्खननमा चासो राखेर लगानीको वातावरण खोजेर दोधारमा रहेका कम्पनीलाई काम गर्न सजिलो होस ।
आयातित धातुको तुलनामा स्वदेशी उत्पादन महँगो हुने, प्रशोधन प्रविधिको कमीले यस्ता उद्योगहरु निरुत्साहित भई बन्द अवस्थामा छन् । यसतर्फ निजी लगानीकर्तालाई आकर्षित गर्ने नीतिको पनि उत्तिकै आवश्यकता छ ।
देश विकासका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उपलब्ध भए मात्र दिगो हुन्छ । उपलब्ध स्रोतसाधनको समूचित उपयोग गर्नसके मात्र देशको आर्थिक विकासमा लाभदायी ठहरिन्छ । जनताको जीवनस्तरमा सुधार हुन्छ । आर्थिक समृद्धिका लागि औद्योगिक विकास नै प्रमुख रहन्छ । स्वदेशी साधन र स्रोतको पहिचान गरि उपयोग भए मात्र सम्भव छ ।
छिमेकी मुलक चीनले खनिज पदार्थको अनुसन्धान पश्चात उत्खनन गरि खर्बौं रकम आर्जन गरिरहेको छ । खोजी गर्न सके नेपालमा कयौं दुर्लभ किसिमका खनिज भेटिन सक्छ । यसतर्फ राज्य र विज्ञहरुको ध्यान नगएसम्म उपलब्धि शून्य नै रहन्छ । आयातित धातुको तुलनामा स्वदेशी उत्पादन महँगो हुने, प्रशोधन प्रविधिको कमीले यस्ता उद्योगहरु निरुत्साहित भई बन्द अवस्थामा छन् । यसतर्फ निजी लगानीकर्तालाई आकर्षित गर्ने नीतिको पनि उत्तिकै आवश्यकता छ ।
नयाँ प्रविधि, भौतिक पूर्वाधार र ऐन नियम तथा सक्षम अनुसन्धानकर्ताबाट नयाँ स्थानहरुमा खनिज पदार्थको खोजी गर्ने र पत्ता लागेका खनिजको सदुपयोग गरिनुपर्दछ । महँगो धातु युरेनियम निर्यात गर्न सके अर्थतन्त्रमा ठूलो फड्को मार्न सकिने विज्ञहरु बताउँछन् । कोइला, पत्थर मार्वल, निर्माणमुखी ढुंगा सामान्य प्रविधि र सजिलै उत्पादन गर्न सकिने र तुरुन्त प्रतिफल प्राप्त गर्न सक्ने तथा स्वदेशमै पर्याप्त बजार भएका खनिज पदार्थहरु हुन ।
यस उद्यौगमा निजी क्षेत्रहरु आकर्षित भए पनि प्राविधिक परिक्षण र उत्पादनपछि प्रवद्र्धनको अभाव पनि उत्तिकै छ । खनिजजन्य उद्योग प्रवद्र्धन तथा विकास कार्यमा शिथिलता, प्राविधिक पक्ष कमजोर, खनिज स्रोतको पहिचान, अन्वेषण, भण्डारणको गुणस्तरमा प्रविधि छनोट, आर्थिक अध्ययन तथा मूल्यांकन, खनिज प्रशोधन, प्रयोगशालाको अभावलाई मध्यनजर गर्दै खनिजहरुमा आधारित उद्योगहरुको अपेक्षित प्रवद्र्धन विकास हुन नसकेको अवस्था छ । त्यसैले खानी तथा खनिजजन्य उद्योगलाई उच्च प्राथमिकतामा राखिनुपर्दछ ।

शिवराज खड्का
खड्का गाउँ सहर डटकमका सम्पादक हुन् ।
- राष्ट्रिय एकता र मेलमिलाप दिवस : किन अझै छ यसको सान्दर्भिकता ?
- कुशेश्वर महादेव मन्दिर दुम्जामा बत्ति बाल्ने र शतबीज छर्नेको घुइँचो
- राष्ट्रपतिले पढ्ने, सांसदले सुन्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा सधैँ प्रश्न
- पार्टीका कार्यकर्ता यति छन् र यति भोट पक्का भनेर अबकाे राजनीति चल्दैन
- कांग्रेसकाे खुइलिएकाे 'ब्राण्ड' गगन-विश्वले उकास्लान् ?
- नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिऊँ कि छाडी जानेलाई श्रद्धाञ्जली !
- आधा एमालेले चिया पिए, नगएकाले धम्की !
- देशभित्र : धार, दाेधार, चमत्कार र बेकार
- खलनायक ओली !
- खलनायक ओली !
प्रतिकृया दिनुहोस