सर्वोच्च बारमा पाेखरेल नेतृत्वकाे लोकतान्त्रिक समूह विजयी
- गाउँ सहर संवाददाता
- २१ पौष आइतबार, २०८१ | ०६:२३:०० मा प्रकाशित
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भएको छ । प्रगतिशीलतर्फका सतिशराज मैनाली (सदस्य)बाहेक लोकतान्त्रिक समूहका वरिष्ठ अधिवक्ता मेघराज पोखरेलको समूह निर्वाचित भएको हो ।
अध्यक्षमा पोखरेल ३६८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रगतिशील समूहका महेशकुमार थापाले १८१ मत पाए । अध्यक्षका अर्का प्रतिस्पर्धी प्रेमसिंह धामीले १५ मत ल्याएका निर्वाचन समितिले जानकारी गराएको छ ।
उपाध्यक्षमा ३४६ मतसहित अम्बरबहादुर राउत निर्वाचित भए । उनका प्रतिस्पर्धी भीष्मराज कडरियाले १७३ मत पाए । वरिष्ठ अधिवक्ता उत्तमबहादुर श्रेष्ठले २५ मत मात्र प्राप्त गरे ।
निर्वाचन समितिका अनुसार, सर्वोच्च बारको सचिवमा लोकतान्त्रिक समूहकै रमणकुमार कर्ण निर्वाचित भए । कर्णले ३३९ मत पाए । उनका प्रतिस्पर्धी प्रभाकर श्रेष्ठले २०५ मत ल्याए ।
सहसचिवमा सोही समूहकी दपुन्देवी महर्जन ३३७ मतसहित निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी श्रुतिकुमारी रेग्मीले २१६ मत पाइन् ।
कोषाध्यक्षमा ३४० मत ल्याएर रामचन्द्र पौडेल निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रगतिशील समूहका अनन्तराज लुइँटेलले २०७ मत पाए ।
महिला सदस्यमा शशी बस्नेत ३१७ मतसहित निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी सुधा धितालले २०८ मत पाइन् ।
सदस्यहरूमा दुर्गामोहन श्रेष्ठ (३५४ मत), इन्द्रशेखर खड्का (३१५), प्रदीपकुमार श्रेष्ठ (३१७), नागेश्वरप्रसाद चौधरी (२८०), निर्मलकुमार उपाध्याय (३२५), ओमकृष्ण श्रेष्ठ (२७९), प्रदीपकुमार राजवंशी (३१४) र सतिशराज मैनाली (२७२ मत)सहित निर्वाचित भए ।
सर्वोच्च बारको नयाँ नेतृत्व चयनका निम्ति शनिबार निर्वाचन भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काठमाडौंमा धेरैबेर भूकम्पको धक्का
- आज कतिकाे वर्षाको सम्भावना ? यस्ताे छ माैसम पूर्वानुमान
- स्पष्टीकरण साेधिएका कुलमानले जवाफ देलान् कि राजीनामा ?
- २० औं लेखनाथ महोत्सवको आकर्षण बन्दै बुद्धको प्रतिमा
- कति बढ्याे सार्वजनिक यातायातकाे भाडा ?
- रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै
- चिसोले जनजीवन प्रभावित, सतर्कता अपनाउन चिकित्सकको आग्रह
- उच्च हिमाली भेगमा हिउँ पर्ने, पानी पर्ने पनि सम्भावना
- के अब थामिएला शेयरबजार घट्नेक्रम ?
- रविसहित ३९ जनाविरुद्ध १ अर्ब साढे १९ करोड बिगो दाबीसहित अदालतमा मुद्दा
प्रतिकृया दिनुहोस