चिसोले जनजीवन प्रभावित, सतर्कता अपनाउन चिकित्सकको आग्रह
- गाउँ सहर संवाददाता
- २२ पौष सोमबार, २०८१ | ०७:२७:०० मा प्रकाशित
वीरगञ्ज । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै पर्सा जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् ।
तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् ।
मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए । कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम् तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको थियो ।
आइतबार बिहानको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । बारामा आइतबार विहान ८:५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गरिएको छ । वीरगञ्ज महानगरले वीरगञ्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले चिसोबाट जनतालाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरिरहेको जानकारी दिए । प्रजिअ अर्यालले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण भइरहेको जानकारी दिए ।
शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
चिसोबाट बच्न न्यायो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सक चन्देश्वर महासेठको सुझाव छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एक वर्षपछि महाधिवेशन, ६ महिना राजनीतिक अभियान गर्ने माओवादी केन्द्रको निर्णय
- तिब्बत भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते
- ग्लोबल आइएमई बैंकद्वारा १८ हजार वृक्षरोपण गर्ने घोषणा
- नेपाल-चीन सिमानामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पको झट्का
- काठमाडौंमा धेरैबेर भूकम्पको धक्का
- आज कतिकाे वर्षाको सम्भावना ? यस्ताे छ माैसम पूर्वानुमान
- स्पष्टीकरण साेधिएका कुलमानले जवाफ देलान् कि राजीनामा ?
- २० औं लेखनाथ महोत्सवको आकर्षण बन्दै बुद्धको प्रतिमा
- कति बढ्याे सार्वजनिक यातायातकाे भाडा ?
- रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै
प्रतिकृया दिनुहोस