रविसहित ३९ जनाविरुद्ध १ अर्ब साढे १९ करोड बिगो दाबीसहित अदालतमा मुद्दा
- गाउँ सहर संवाददाता
- २१ पौष आइतबार, २०८१ | १७:४९:०० मा प्रकाशित
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध १ अर्ब साढे १९ करोड बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको छ ।
कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा आइतबार जिल्ला अदालत काठमाडौंमा लामिछानेसहितलाई मुद्दा दायर गरिएको हो ।
प्रतिवादी बनाइएका लामिछानेसहित ३९ जनालाई ७ वर्ष कैद सजायकाे माग दाबी गरिएकाे छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ । यही बेला काठमाडौंमा पनि मुद्दा दायर भएको हो ।
जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।
यस्तै सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, नविन अछामी, कल्पना कुमारी श्रेष्ठ, राजु बराललाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ ।
अदालतका अनुसार विशाल तामाङ, असरफ अली सिद्धिकी, अनन्तबाबु राई, खिमानन्द कँडेल, बल्लभ नेपाल, गोकुल श्रेष्ठ, भुपेन्द्र राई, कान्छा गुरुङ पनि प्रतिवादी बनाइएको छ । सथै जनक भट्टराई, भगवती बम्जन, देवकुमार तामाङ, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट,किरण पुडासाईं, पुष्पराज पौडेल र कृष्णबहादुर पोखरेल प्रतिवादी रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल-चीन सिमानामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पको झट्का
- काठमाडौंमा धेरैबेर भूकम्पको धक्का
- आज कतिकाे वर्षाको सम्भावना ? यस्ताे छ माैसम पूर्वानुमान
- स्पष्टीकरण साेधिएका कुलमानले जवाफ देलान् कि राजीनामा ?
- २० औं लेखनाथ महोत्सवको आकर्षण बन्दै बुद्धको प्रतिमा
- कति बढ्याे सार्वजनिक यातायातकाे भाडा ?
- रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै
- चिसोले जनजीवन प्रभावित, सतर्कता अपनाउन चिकित्सकको आग्रह
- उच्च हिमाली भेगमा हिउँ पर्ने, पानी पर्ने पनि सम्भावना
- के अब थामिएला शेयरबजार घट्नेक्रम ?
प्रतिकृया दिनुहोस