रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै
- गाउँ सहर संवाददाता
- २२ पौष सोमबार, २०८१ | १०:३३:०० मा प्रकाशित

पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन्।
जिल्ला न्यायाधिश नितिश राइको इजलाशमा आजदेखि रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहसब गर्न लागेका हुन्।
यस अघि सोही प्रकरणमा पूर्व डिआइजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक बहस भैसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी एमाले नेत्री एबम गण्डकी प्रदेश सभाकी पूर्व सांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन् बाँकी रहेको छ। यसैबीच रबि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानून ब्यनासायी यज्ञमणि न्यौपानेले सहकारी पिडितहरुले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलाशमा कुरा उठ्न थालेको बताएका छन्।
सहकारी पिडितहरुले बचत रकम फिर्ता पाउनुपर्ने मागसहित सर्वत्र आन्दोलन चलिरहेका बेला सहकारी पिडितहरुले आफ्नो बचत रकम नपाउने परिस्थति बन्दै गैरहेको बारे इजलाशमा छलफल भएको अधिबक्ता न्यौपानेले बताए।
अहिले रबि लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दाका कारण सहकारी पिडितहरुले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानून ब्यबसायीहरुले बताउदै आएका छन्। सुर्यदर्शन सहकारी ठगी प्रकरणमा रबि लामिछाने हिरासतबाट छुट्ने कि नछुट्ने भन्ने बारेमा इजलाशमा बहस चलिरहदा उनका शुभचिन्तकहरु भने सर्वासाधारणले रकम उठाएर भए पनि लामिछानेलाई लाग्ने धरौटी बुझाउन तयार रहेको बताउन थालेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस